पृथ्वीनारायण क्याम्पसमा २८९७ मत खस्यो « Khabarhub

पृथ्वीनारायण क्याम्पसमा २८९७ मत खस्यो


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको पृथ्वीनारायण क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको छ ।  ५ गतेका लागि निर्धारित मतदानका दिन मतपत्रमा गडबडी देखिएपछि आज चुनाव भएको हो ।  

क्याम्पसमा ९ हजार २ सय ७० मतदाता भए पनि ज्यादै न्यून संख्यामा मत खसेको हो । बिहान ८ बजे सुरु भएको मतदान ४ बजे शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्ववियु निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले बताए । 

पृना क्याम्पसको स्ववियु कमान्डर बन्न ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र रूपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् । 

एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्याशी छन् ।

समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेदवारहरू पनि चुनावी मैदानमा छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ४ : ५८ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक