एमाले मोरङको चुनाव सम्झाउँदै विनोद ढकालले भने : चौतारीले पनि अलग सन्देश देओस्  « Khabarhub

एमाले मोरङको चुनाव सम्झाउँदै विनोद ढकालले भने : चौतारीले पनि अलग सन्देश देओस् 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका नेता विनोद ढकालले प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनले अलग्गै सन्देश दिनुपर्ने बताएका छन् ।

एमालेनिकट पत्रकारहरूको दशौँ अधिवेशनको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेको प्यानलविरुद्ध हालैमात्र अलग्गै प्यानल खडा गरेर बहुमतसहित जित निकालेका ढकालले प्रेस चौतारीले पनि अलग सन्देश दिन सक्नुपर्ने बताएका हुन् ।

‘प्रेस चौतारीको अधिवेशनबाट नेतृत्व निर्माणका सन्दर्भमा महासचिव शंकर पोखरेलले भने जस्तै सर्वसम्मत चयन गर्ने, सर्वसम्मति पनि प्रजातान्त्रिक अभ्यास हो’, उनेले भने, ‘सर्वसम्मतिले नभए के गर्ने त, लोकतान्त्रिक प्रक्रियामा जानुपर्छ ।’

उनेले आफूलाई काठमाडौंमै एमालेनिकट पत्रकारहरूले विराटनगरमा गएपछि प्रक्रियामा जान पाइएला नि सोधेको पनि बताएका छन् ।

‘निर्वाचन भनेको कुरा बिरालो बाँधे जस्तो कुरा पनि हो’, उनले भने, ‘सर्वसम्मत नभए लोकतान्त्रिक विधिमा जानुपर्छ ।’ 

ढकालले एमाले मोरङको हालै भएको अधिवेशनले देशैभर नयाँ सन्देश दिएको बताए ।  ‘एमाले मोरङको अधिवेशनको राष्ट्रव्यापी चर्चा पाएको छ । त्यो अधिवेशनले देशैभर अलग्गै सन्देश पनि दियो’, उनले भने, ‘प्रेस चौतारीको अधिवेशनले पनि फरक सन्देश दिन सक्नुपर्छ ।’

एमाले मोरङको अधिवेशनबाट ढकाल नेतृत्वको प्यानलले अध्यक्ष ओलीसहितका नेताको आशीर्वाद पाएको प्यानललाई पराजित गरेपछि एमालेवृत्त तरंगित भएको थियो । प्रदेश अध्यक्षमा हराइएका ढकालले एमाले मोरङमा अध्यक्ष अजम्बर राईसहित सम्पूर्ण पदाधिकारी र बहुमत जिल्ला सदस्य पनि जितेको थियो । एमाले मोरङको नतिजा अध्यक्ष ओलीका लागि एक ठूलो धक्का मानिएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : २० बजे

इरान आक्रमणका लागि अमेरिकी राष्ट्रपतिको निर्देशन र कारबाहीको थालनी र लक्ष्य

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इजरायलको संयुक्त कारबाहीका

प्रतिनिधिसभा निर्वाचन : वीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौं– चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते

पत्रकार विराट अनुपमको पुस्तक ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक

काठमाडौं– पत्रकार विराट अनुपमद्वारा लिखित ‘पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा

राष्ट्रिय परिचयपत्र वा राहदानी पनि मतदानमा मान्य हुने

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र

द्वन्द्व चर्किँदै जाँदा व्यापारिक जहाजका लागि खाडीको जलक्षेत्र असुरक्षित बन्दै

काठमाडौं- अमेरिका र इजरायल मिलेर हमला गरेपछि इरानले पनि जवाफी