एमाले मोरङको चुनाव सम्झाउँदै विनोद ढकालले भने : चौतारीले पनि अलग सन्देश देओस्  | Khabarhub Khabarhub

एमाले मोरङको चुनाव सम्झाउँदै विनोद ढकालले भने : चौतारीले पनि अलग सन्देश देओस् 


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका नेता विनोद ढकालले प्रेस चौतारी नेपालको दशौँ महाधिवेशनले अलग्गै सन्देश दिनुपर्ने बताएका छन् ।

एमालेनिकट पत्रकारहरूको दशौँ अधिवेशनको उद्घाटन समारोहलाई आइतबार विराटनगरमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले समर्थन गरेको प्यानलविरुद्ध हालैमात्र अलग्गै प्यानल खडा गरेर बहुमतसहित जित निकालेका ढकालले प्रेस चौतारीले पनि अलग सन्देश दिन सक्नुपर्ने बताएका हुन् ।

‘प्रेस चौतारीको अधिवेशनबाट नेतृत्व निर्माणका सन्दर्भमा महासचिव शंकर पोखरेलले भने जस्तै सर्वसम्मत चयन गर्ने, सर्वसम्मति पनि प्रजातान्त्रिक अभ्यास हो’, उनेले भने, ‘सर्वसम्मतिले नभए के गर्ने त, लोकतान्त्रिक प्रक्रियामा जानुपर्छ ।’

उनेले आफूलाई काठमाडौंमै एमालेनिकट पत्रकारहरूले विराटनगरमा गएपछि प्रक्रियामा जान पाइएला नि सोधेको पनि बताएका छन् ।

‘निर्वाचन भनेको कुरा बिरालो बाँधे जस्तो कुरा पनि हो’, उनले भने, ‘सर्वसम्मत नभए लोकतान्त्रिक विधिमा जानुपर्छ ।’ 

ढकालले एमाले मोरङको हालै भएको अधिवेशनले देशैभर नयाँ सन्देश दिएको बताए ।  ‘एमाले मोरङको अधिवेशनको राष्ट्रव्यापी चर्चा पाएको छ । त्यो अधिवेशनले देशैभर अलग्गै सन्देश पनि दियो’, उनले भने, ‘प्रेस चौतारीको अधिवेशनले पनि फरक सन्देश दिन सक्नुपर्छ ।’

एमाले मोरङको अधिवेशनबाट ढकाल नेतृत्वको प्यानलले अध्यक्ष ओलीसहितका नेताको आशीर्वाद पाएको प्यानललाई पराजित गरेपछि एमालेवृत्त तरंगित भएको थियो । प्रदेश अध्यक्षमा हराइएका ढकालले एमाले मोरङमा अध्यक्ष अजम्बर राईसहित सम्पूर्ण पदाधिकारी र बहुमत जिल्ला सदस्य पनि जितेको थियो । एमाले मोरङको नतिजा अध्यक्ष ओलीका लागि एक ठूलो धक्का मानिएको छ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ५ : २० बजे

चार वर्षअघि बरामद गरिएको चालीस लाखभन्दा बढीको चिनी नष्ट

पाल्हीनन्दन– यहाँको पाल्हीनन्दन गाउँपालिका–१ स्थित महेशपुर भन्सार कार्यालयले ४० लाख

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवरको उम्मेदवारी

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्ष पदमा सन्तोष कुँवरले

जुम्लाको राक्से पाटनमा पहिरो जाँदा १३ भेडा पुरिए

कर्णाली– तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका

प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ : प्रधानमन्त्री

सेभिया– संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनका