शेरधनको तर्क : ०८४ मा एकल बहुमत ल्याएर एमालेले २५ वर्ष देश हाँक्नु पर्छ « Khabarhub

शेरधनको तर्क : ०८४ मा एकल बहुमत ल्याएर एमालेले २५ वर्ष देश हाँक्नु पर्छ


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले वित्यसलाई सबैले सफल बनाउनुपर्ने तर्क गरे । रामनगरमा आइतबारदेखि सुरू एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको दसौँ महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले सम्बोधनका क्रममा एमालेले मिसन ०८४ लाई कुनै हालतमा सफल बनाउनुपर्ने बताए । ‘हामी सबैले मिसन ०८४ को लक्ष्य लिनुपर्छ’, उनले भने, ‘०८४ मा एमालेले एक्लै बहुमत हासिल गरेर निर्विकल्प शक्ति बन्नुपर्छ ।’

उनले ०८४ मा बहुमत ल्याएपछि २५ वर्ष देश चलाउनुपर्ने बताएका छन् । ‘त्यसपछि एमालेले २५ वर्ष देशको नेतृत्व गर्नेछ’, उनले भने, ‘अध्यक्ष कमरेडको समृद्ध नेपाल, सुखी नेपालीको नारा पनि हामीले सफल बनाउनु आवश्यक छ ।’

उनले प्रेस चौतारीमा एकता र सर्वसम्मतिले नेतृत्व चयन हुनुपर्ने पनि बताएका छन् । प्रेस चौतारीका सदस्यहरूलाई एकताको सन्देश दिन पनि अपिल गरेका छन् ।

एमाले पार्टी केन्द्रीय सचिवालयले जराकेन्द्रित अभियानसँग जनप्रदर्शनलाई पनि जोडेकाले त्यसलाई सफल बनाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : २५ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को

बुवाआमाको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालिका माध्यमिक विद्यालयमा

‘फ्लोरा एक्स्पो’मा एक करोड २२ लाख बढीको कारोबार

काठमाडौँ– पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७औँ ‘फ्लोरा

सूर्यविनायक–धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रे– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा सडक