शेरधनको तर्क : ०८४ मा एकल बहुमत ल्याएर एमालेले २५ वर्ष देश हाँक्नु पर्छ « Khabarhub

शेरधनको तर्क : ०८४ मा एकल बहुमत ल्याएर एमालेले २५ वर्ष देश हाँक्नु पर्छ


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


543
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । 

कोशी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले वित्यसलाई सबैले सफल बनाउनुपर्ने तर्क गरे । रामनगरमा आइतबारदेखि सुरू एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको दसौँ महाधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले सम्बोधनका क्रममा एमालेले मिसन ०८४ लाई कुनै हालतमा सफल बनाउनुपर्ने बताए । ‘हामी सबैले मिसन ०८४ को लक्ष्य लिनुपर्छ’, उनले भने, ‘०८४ मा एमालेले एक्लै बहुमत हासिल गरेर निर्विकल्प शक्ति बन्नुपर्छ ।’

उनले ०८४ मा बहुमत ल्याएपछि २५ वर्ष देश चलाउनुपर्ने बताएका छन् । ‘त्यसपछि एमालेले २५ वर्ष देशको नेतृत्व गर्नेछ’, उनले भने, ‘अध्यक्ष कमरेडको समृद्ध नेपाल, सुखी नेपालीको नारा पनि हामीले सफल बनाउनु आवश्यक छ ।’

उनले प्रेस चौतारीमा एकता र सर्वसम्मतिले नेतृत्व चयन हुनुपर्ने पनि बताएका छन् । प्रेस चौतारीका सदस्यहरूलाई एकताको सन्देश दिन पनि अपिल गरेका छन् ।

एमाले पार्टी केन्द्रीय सचिवालयले जराकेन्द्रित अभियानसँग जनप्रदर्शनलाई पनि जोडेकाले त्यसलाई सफल बनाउनुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : २५ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र