बालेन्द्रले प्रकाशमानलाई भने- मलाई हराउने नाममा देश नहराउनू « Khabarhub

बालेन्द्रले प्रकाशमानलाई भने- मलाई हराउने नाममा देश नहराउनू


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगर पालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहरी विकास मन्त्री प्रकाशमान सिंह माथि प्रश्न गरेका छन् । 

शाहले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रहेको भन्दै प्रश्न गरे । उनले आफूलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश नहराउन समेत अनुरोध गरेका छन् । 

‘माननीय सहरी विकास मन्त्री प्रकाशमान सिंहज्यु, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो । कहिले गर्ने हो ?’ बालेनले भनेका छन्, ‘मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला।’ 

यति मात्र होइन बालेनले गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउन पनि भनेका छन् । 

काठमाडौं महानगरका अध्यक्ष बालेन्द्र शाह र कांग्रेस एमालेबीच पटक–पटक विभिन्न मुद्दामा विवाद रहँदै आएको छ । 

सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा जितेका छन् । उनी ०७९ मा पनि त्यही ठाउँबाट सांसद भएका थिए ।

यस्तो छ उनकफ फेसबुक स्ट्याटस :

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  ६ : ४६ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप