पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’ « Khabarhub

पर्यटन व्यवसायीबीच ‘व्यवसायिक साझेदारी बैठक’


१० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

छोङ्छिङ – पोखरा र चीनको सिचुवान प्रान्तको छोङछिङ नगरका पर्यटन व्यवसायीबीच व्यावसायिक साझेदारी बिटुबी (बिजनेस टु बिजनेस) तथा ‘सेल्स मिसन’ आयोजना गरिएको छ ।

यहाँ आयोजित कार्यक्रममा दुवै नगरका पर्यटन व्यवसायीले सिचुवान एयरलायन्सको उडान नियमित भएमा पर्यटकीय साझेदारीलाई थप प्रभावकारी बनाउँदै लैजान सकिने बताएका थिए । छोङछिङका पर्यटन व्यवसायीले पोखरा र छोङछिङको भौगोलिक अवस्थिति मिल्दोजुल्दो भएको बताउँदै यहाँबाट पर्यटकहरू पोखरा लैजाने आफूहरूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यहाँका संस्कृति एवं पर्यटन विकास आयोगका उपमहानिर्देशक वाङ हाओले पोखरासँग पर्यटकीय साझोदारी बढाउन आफूहरू उत्साहित भएको बताए । नेपाल र चीनबीचको औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगिसकेको उल्लेख गर्दै उनले दुई देशबीचका नागरिक नागरिकको सम्बन्धलाई पनि साझेदारीले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंले प्रकृति, संस्कृति र साहसिक पर्यटन नै पोखराको विशिष्टता भएको बताउँदै पोखरा भ्रमणका लागि छोङछिङवासीलाई आग्रह गरे ।

उनले आफूहरूको तर्फबाट पोखरा—छेन्दुमा उडानलाई सफल बनाउन सम्पूर्ण सहयोग रहने बताए । पोखरा भ्रमण वर्षका अवसरमा विभिन्न पर्यटकीय प्याकेजमा विशेष छुटका योजना पनि सार्वजनिक गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले जानकारी गराए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पोखरा प्रकृति, संस्कृति र साहसिक पर्यटनको महत्वपूर्ण गन्तव्य भएको बताउँदै यो चिनियाँ पर्यटकको रोजाइमा परिरहेको बताए । पोखरामा चिनियाँ पर्यटक लक्षित पूर्वाधारमा कमी नरहेको बताउँदै उनले पर्यटकको बढ्दो आगमनसँगै अन्य पूर्वाधार बढ्ने धारणा राखे ।

नेपाल पर्यटन बोर्डको आयोजना एवं पोखरा पर्यटन परिषद् र छिन्दुस्थित महावाणिज्यदूतावाससँगको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट पहिलो व्यावसायिक चाटर्ड उडानमार्फत यहाँ आएका पोखराका पर्यटन व्यवसायी सिचुवान प्रान्तका छिन्दु, लुझाउलगायत सहरमा उच्चस्तरीय भेटघाटसँगै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रमका साथ शनिबार छोङछिङ आइपुगेको हुन् ।

प्रकाशित मिति : १० चैत्र २०८१, आइतबार  १० : ३६ बजे

जबर्जस्ती हटाइएका सुकुम्वासी घर न घाटका : सरकारसँग अझै छैन व्यवस्थापन योजना

काठमाडौँ- १२ वैशाखमा सरकारले काठमाडौँ महानगरपालिका–३१ मनोहरा खोलाकिनार थापाथलीमा अवस्थित

विपक्षीको आरोप : सरकारले सुकुम्वासीलाई जबर्जस्ती हटाएर पानीमा डुब्न बाध्य बनायो

काठमाडौं- प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा पनि विपक्षी दलहरूले विरोध

राजमार्ग सुचारु हुन थालेसँगै बसपार्कमा बढ्यो चहलपहल (तस्बिरहरू)

काठमाडौं– हिजो रातिदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्ग लगायत

रैथाने वनस्पति र च्याउ प्रजाति सङ्कटमा

मनाङ– विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)भित्र जैविक विविधताको दिगो संरक्षण

ज्ञानेन्द्र शाहीको प्रश्न : सिटबेल्ट नलाउने गृहमन्त्री र प्रधानमन्त्रीलाई किन कारबाही हुँदैन ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानबहादुर शाहीले ट्राफिक