‘जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणालीको अस्तित्व सङ्कटमा’ « Khabarhub

‘जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणालीको अस्तित्व सङ्कटमा’


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु – रक्षामन्त्री मानवीर राईले मानवीय क्रियाकलापका कारण सृजित जलवायु परिवर्तनका कारण जीवजन्तु र प्राकृतिक प्रणाली अस्तित्वको सङ्कटमा परेको बताएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामेमा मंगलबार आयोजित आरोही सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर विश्वभर तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यो समस्या नेपालका लागि मात्रै नभइ विश्वको भएको बताए ।

विकसित देशहरूले उत्सर्जन गरेका हरितगृह ग्यासका कारण उत्पन्न समस्याको समाधानका लागि अब विश्व समुदाय एकजुट भएर अनुकूलनको बाटो रोज्नपर्नेमा उनको जोड छ ।

मन्त्री राईले प्राकृतिक सन्तुलनको विघटनको प्रमुख कारण मानवीय गतिविधि रहेको उल्लेख गर्दै वातावरणीय विनाशको मुख्य जिम्मेवारी सम्पन्न राष्ट्रहरूले लिनुपर्ने बताए ।
“विकसित मुलुकहरूको उत्पादन र प्रविधि आधारित जीवनशैलीले पृथ्वीको तापक्रम बढाएको छ । यसको असर खासगरी जल, जमिन, हिउँ र हावामा स्पष्ट देखिएको छ”, उनले भने ।

आरोही सम्मेलनमा सहभागी आरोही, जनप्रतिनिधि, सरकारी अधिकारी, वातावरणविद् र स्थानीयवासीहरूको सहभागितामा छलफलपछिको निष्कर्षका रूपमा पाँच बुँदे थामे घोषणापत्र सार्वजनिक गरिएको थियो ।

घोषणापत्रमा थामेलगायतका स्थानमा बाढीपहिरो तथा जलवायु प्रभावित क्षेत्रको मुद्दालाई आगामी जेठ २ गते काठमाडौँमा आयोजना हुने सगरमाथा संवादमा प्राथमिकताका साथ उठान गर्नुपर्ने उल्लेख गरिएको छ ।

घोषणापत्रले हिमाली क्षेत्रका स्थानीय बासिन्दाको जलवायु प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न, वातावरणीय न्याय र संरक्षणमा केन्द्रित नीति निर्माणका लागि सरोकारवालाबीच सहकार्यको आवश्यकता औँल्याएको छ । साथै आरोही समुदायलाई जलवायु प्रवक्ता बनाउँदै अन्तरराष्ट्रिय समुदायमा हिमाली सङ्कटबारे आवाज बुलन्द गर्न एकजुट हुने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ४७ बजे

मनास्लु आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा