आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक « Khabarhub

आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल)को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ।

मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हरायो। १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो।

दिल्लीका लागि लोकेश राहुलले ५७ रनको योगदान गरे। ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे। उनले कप्तान अक्षर पटेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। पटेलले २० बलमा ३४ रन जोडे। प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे। लखनउका आइडन म्याक्रमले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पहिलो १० ओभरमा ८७ रन बनाउँदै १ विकेट गुमाएको लखनउलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका मुकेश कुमारले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए।

लखनउका म्याक्रमले ३३ बलमा ५२ रज जोडे। मिचेल मार्सले ३६ बलमा ४५ रनको योगदान गरे। आयुश बडानीले २१ बलमा ३६ रन बनाए। सातौँ क्रममा झरेका ब्याट्सम्यान ऋषभ पन्त दुई बलमा कुनै रन नजोड्दै आउट भए। उनले पारीको अन्तिम दुई बल सामना गरेका हुन्।

दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ५७ बजे

कञ्चनपुरका मुक्त हलिया भन्छन्- पहिले लिखित प्रतिबद्धता, अनिमात्र मतदान

कञ्चनपुर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै कञ्चनपुरका मुक्त हलिया

विश्वकप : समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार समूह चरणको एउटा

मालढुङ्गा–बेनी सडक स्तरोन्नति सम्पन्न

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

मुस्ताङमा सात महिनामा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए

मुस्ताङ– चालु आर्थिक वर्षको सात महिनामा तीन लाख २५ हजार

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौं– आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम