आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक | Khabarhub Khabarhub

आईपीएल : लखनउलाई आठ विकेटले हराउँदै दिल्ली प्ले अफ नजिक


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


918
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दिल्ली क्यापिटलले इन्डियन प्रियिमयर लिग (आईपीएल)को प्ले अफ प्रवेशको सम्भावना बलियो बनाएको छ।

मंगलबार भएको खेलमा दिल्लीले लखनउ सुपर जायन्ट्सलाई आठ विकेटले हरायो। १६० रनको लक्ष्य पाएको दिल्लीले १३ बल बाँकी रहँदा दुई विकेटको क्षतिमा १६१ रन बनाएको हो।

दिल्लीका लागि लोकेश राहुलले ५७ रनको योगदान गरे। ४२ बलको सामना गरेका उनले तीन चौका र तीन छक्का प्रहार गरे। उनले कप्तान अक्षर पटेलसँग मिलेर तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे। पटेलले २० बलमा ३४ रन जोडे। प्रारम्भिक ब्याटर अभिषेक पोरेलले ५१ रन जोडे। लखनउका आइडन म्याक्रमले दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । पहिलो १० ओभरमा ८७ रन बनाउँदै १ विकेट गुमाएको लखनउलाई कम योगफलमा सीमित गर्ने क्रममा दिल्लीका मुकेश कुमारले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिए।

लखनउका म्याक्रमले ३३ बलमा ५२ रज जोडे। मिचेल मार्सले ३६ बलमा ४५ रनको योगदान गरे। आयुश बडानीले २१ बलमा ३६ रन बनाए। सातौँ क्रममा झरेका ब्याट्सम्यान ऋषभ पन्त दुई बलमा कुनै रन नजोड्दै आउट भए। उनले पारीको अन्तिम दुई बल सामना गरेका हुन्।

दिल्ली ८ खेलमा १२ अङ्कसहित दोस्रो स्थानमा छ भने लखनउ ९ खेलमा १० अङ्कसहित पाँचौँ स्थानमा छ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ५७ बजे

कुमारी धनवृद्धि योजनाको शेयर मूल्य समायोजन

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कुमारी धनवृद्धि योजनाको शेयर

नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य समायोजन

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य

एशियन लाइफको हकप्रद शेयर बाँडफाँड, साढे ३ लाख कित्ता लिलामीमा जाने  

काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर भदौ ८

लघुवित्तले २५ प्रतिशतसम्म लाभांश दिन पाउने

काठमाडौं – अब लघुवित्तले २५ प्रतिशतसम्म लाभांश वितरण गर्ने पाउने

दाताका भरमा ‘अपाङ्ग जीवन विकास आश्रम’

नवलपरासी– बेवारिसे तथा असहाय मानिसको पालनपोषण गर्दै आएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को