युएईका उपप्रधानमन्त्री काठमाडौंमा, आज द्विपक्षीय वार्ता « Khabarhub

युएईका उपप्रधानमन्त्री काठमाडौंमा, आज द्विपक्षीय वार्ता


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री महामहिम शेख अब्दुल्लाह बिन जायेद अल नाह्यान नेपालको दुईदिने औपचारिक भ्रमणका लागि मङ्गलबार साँझ काठमाडौं आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री  शरतसिंह भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र उक्त मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालमा रहँदा उपप्रधानमन्त्री शेखले उच्चस्तरीय राजनीतिक भेट गर्नुका साथै उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको नेतृत्वको प्रतिनिधिमण्डलसँग आज औपचारिक द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री शेखका साथ युएईका परराष्ट्र राज्यमन्त्री अहमद अली मोहम्मद अल सायेघ, आर्थिक तथा व्यापार मामिला सहायकमन्त्री सईद मुबारक राशिद अलहजेरी, ऊर्जा तथा दिगोपन मामिला सहायकमन्त्री अब्दुल्ला बलाला, नेपालका लागि युएईका राजदूत अब्दुल्ला जरवान अलशाम्सी र युएई सरकारका अन्य वरिष्ठ अधिकारीहरू छन् । उपप्रधानमन्त्री शेख नेतृत्वको प्रतिनिधिमण्डल आजै अपराह्न युएई प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ६ : ४३ बजे

भक्तपुर नगरव्यापी ‘दाफा’ प्रदर्शनी सम्पन्न

भक्तपुर– भक्तपुर नगरपालिकाद्वारा आयोजित ‘भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी २०८३’ मा

ट्राफिक कारबाहीबाट एकैदिन पाँच लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिनमा एक हजार

नेपालगञ्जस्थित प्लाइ उद्योगमा आगलागी, पाँच करोडको क्षति

बाँके– बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२१ फुल्टेक्रास्थित नयाँबस्तीमा अवस्थित एभरेष्ट प्लाइ ढोका

एसियाली छनोट : पुरुष र महिला क्रिकेट टिम अहिले चीनसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ – एसियाली गेम्स छनोट अन्तर्गत आइतबार नेपाली पुरुष र

सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कैलालीलाई

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कैलालीले