ट्रम्प नीतिको असर: अमेरिकाको आर्थिक वृद्धि घट्ने प्रक्षेपण « Khabarhub

ट्रम्प नीतिको असर: अमेरिकाको आर्थिक वृद्धि घट्ने प्रक्षेपण


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाको आर्थिक वृद्धि यस वर्ष धेरै घट्ने प्रक्षेपण गरेको छ। यो प्रक्षेपणको कारण ट्रम्पले लिएको ट्रायारिफ नीति भएको जनाइएको छ।

आर्थिक वृद्धि १.७ प्रतिशत हुने अनुमान गरिएको छ। आइएमएफले जनवरीमा आर्थिक वृद्धि दर २.७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो।

अमेरिकामा पनि यो वर्ष १.१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। आइएफएफले बेलायतको आर्थिक वृद्धि यस वर्ष जर्मनी, फ्रान्स र इटालीको तुलनामा बढी हुने जनाइएको छ।

आइएफएफको प्रक्षेपण अनुसार एडभान्स अर्थतन्त्र भएका मध्य यस वर्ष सबै भन्दा बढी मुद्रास्फीति बेलायतमा हुनेछ। वाशिंटनका आइएमएफ र विश्व बैंकको त्रैमासिक बैठकका लागि उपस्थित अर्थशास्त्रीको भेलाले सो निर्णय गरेको हो।

आइएफएफका प्रमुख अर्थशास्त्री पियरे ओलिभियर गेरिन्चासले विश्व अर्थतन्त्र गएका चार वर्षमा भएका थुप्रै घटनाले अझै प्रभावित भएको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आलोचना गरेको सङ्घीय रिजर्भ बैंकका प्रमुख जेरोमी पावेललाई बर्खास्त गर्ने कुनै योजना नभएको बताएका छन्।

ट्रम्पले बारम्बार ‘ट्यारिफ’ नीतिका कारण उत्पादनको बढवा हुने र अमेरिकामा नै धेरै सामग्री उत्पादन भएर देशको अर्थतन्त्र तेजीतर्फ उन्मुख हुने बताएका छन्।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ८ : ०० बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम