नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने  « Khabarhub

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट लाभांश नदिने भएको छ ।

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जर भएपछि गर्न लागेको पहिलो साधारणसभामा कम्पनीले बोनस सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन ।

कम्पनीको साधारणसभा जेठ ५ गते बिहान ११ बजेदेखि धुलिखेल नगरपालिका– ८ होटल साथी काभ्रेपलान्चोकमा गर्ने भएको छ । तर सभामा लाभांश सम्बन्धी कुनैपनि प्रस्ताव राखिने छैन ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको अन्तिम मूल्य अनुसार लघुवित्तको प्रतिकित्ता मूल्य ६५८ रुपैयाँ १० पैसा रहेको छ । गत आर्थिक वर्षमा लघुवित्तले ५ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ५२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान