नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने  « Khabarhub

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य नाफाबाट लाभांश नदिने भएको छ ।

नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त मर्जर भएपछि गर्न लागेको पहिलो साधारणसभामा कम्पनीले बोनस सम्बन्धी कुनै पनि प्रस्ताव गरेको छैन ।

कम्पनीको साधारणसभा जेठ ५ गते बिहान ११ बजेदेखि धुलिखेल नगरपालिका– ८ होटल साथी काभ्रेपलान्चोकमा गर्ने भएको छ । तर सभामा लाभांश सम्बन्धी कुनैपनि प्रस्ताव राखिने छैन ।

सभा प्रयोजनका लागि कम्पनीले वैशाख २१ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको अन्तिम मूल्य अनुसार लघुवित्तको प्रतिकित्ता मूल्य ६५८ रुपैयाँ १० पैसा रहेको छ । गत आर्थिक वर्षमा लघुवित्तले ५ करोड ३९ लाख रुपैयाँ नाफा गरेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ५२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता