रासायनिक पदार्थ हालेर पकाइएको आँप चिन्ने ५ तरिका | Khabarhub Khabarhub

रासायनिक पदार्थ हालेर पकाइएको आँप चिन्ने ५ तरिका


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गर्मी मौसम सुरु भएसँगै बजारमा जताततै आँप आउन थाल्छ । यो गर्मी मौसममा सबैभन्दा मनपर्ने फल हो र आँपलाई फलको राजा पनि यसकारण भनिन्छ कि यो निकै स्वादिलो र पौष्टिक पनि हुन्छ । 

मानिसहरू यसलाई विभिन्न तरिकामा खान मन पराउँछन् । यो रसदार स्लाइसहरूसँग खान सकिन्छ भने, स्मूदीहरूमा मिसाएर वा स्वादिष्ट मिठाईहरूमा राखेर पनि यो खान सकिन्, जुस पनि बनाउन सकिन्छ ।

आँपले वर्षको सबैभन्दा तातो महिनाहरूमा मिठास प्रदान गर्दछ। कतिपय आँप मीठो र रसिला हुने भए पनि केमिकलले पकाइएका आँपहरू स्वादहीन हुन सक्छन् । यस्तो अवस्थामा केमिकलले पकाएको आँपलाई केही सजिलो तरिकाले पत्ता लगाउन सक्नुहुन्छ । जो हामी बताउने छौँ ।

गन्धद्वारा पहिचान

प्राकृतिक रूपमा पाकेको आँपमा मीठो र फलफूल सुगन्ध हुन्छ, जुन तिनीहरूको पाकेको संकेत हो । यसको विपरीत, रासायनिक तरिकाले पकाएको आँपमा प्रायजसो फरक गन्ध हुन्छ, जस्तै रासायनिक सुगन्ध। यसले तपाईँलाई आम पहिचान गर्न मद्दत गर्न सक्छ ।

स्पर्शद्वारा पहिचान

केमिकलले पाकेको आँपको छाला धेरै नरम हुन सक्छ तर भित्रबाट कच्चा हुन सक्छ । प्राकृतिक रूपमा पाकेको आँप अलि बलियो हुन्छ र समान रूपमा पाकेको हुन्छ, केमीकल हालेको आँप असमान तरिकाले पाकेको हुन्छ ।

 रंगद्वारा पहिचान

केमिकलले पकाएको आँप चाँडै पहेँलो हुन्छ । तिनीहरू बाहिरबाट चम्किलो देखिन्छन् तर भित्रबाट कच्चा रहन्छन् । तिनीहरूको रङ प्रायः एक समान पहेंलो हुन्छ जबकि प्राकृतिक रूपमा पाकेको आँप हल्का हरियो र पहेँलो दुवै हुन सक्छ ।

पानीमा डुबाएर जाँच्ने

घरमा साधारण परीक्षण गरेर केमिकल पत्ता लगाउन सकिन्छ । किनेर ल्याएको आँपलाई पानीमा डुबाउनुहोस् र पानीमा डुबेको आँप प्राकृतिक रूपमा पाकेका हुन् । माथि तैरिने आँपहरू केमिकलले पकाएको हुनसक्छ ।

दाग हुनसक्छ

आँपमा रहेको दागले पनि यसको रासायनिक मिसावट भएको संकेत दिन सक्छ । कतिपय आँपमा नीलो, कालो वा सेतो दागहरू देखिन सक्छ । यस्ता आँप किन्नु हुँदैन । केमिकलका कारण यस्तो दाग देखिएको हुन्छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १२ : ५७ बजे

एमाले केन्द्रीय कमिटी बैठक : अन्तरिम सरकार र निर्वाचनबारे छलफल

काठमाडौं – नेकपा एमालेको आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको

जेन–जीका नाममा कर्मचारीलाई धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं – ‘जेन–जी’ आन्दोलनको नाममा कर्मचारीहरूलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाही

पेट्रोलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएकाे छ ।

प्रधानमन्त्री कार्कीसँग दक्षिण कोरियाका राजदुत पार्कको शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत