आगामी अधिवेशनमा सार्वजनिक बिदा बाहेक सधैँ संसद् चल्ने « Khabarhub

आगामी अधिवेशनमा सार्वजनिक बिदा बाहेक सधैँ संसद् चल्ने


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आगामी अधिवेशनमा सार्वजनिक बिदाका दिन बाहेक अन्य सबै दिन बैठक सञ्चालन हुने भएको छ ।  

बुधबार सिंहदरबारमा प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् । 

सभामुख घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताएका थिए । त्यस्तै उनले विद्यालय शिक्षा विधेयक सदनमा आएपछि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा समेत जोड दिएका थिए । 

बैठकले सभामुखको प्रस्ताव अनुमोदन गरेको छ । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकमा पेस हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। उनले विद्यालय शिक्षा विधेयक सदनमा पेस भए त्यसलाई पनि प्राथमिकतामा आधारमा अघि बढाउने सहमति भएको बताए ।  

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १२ गते बस्ने पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिए ।

त्यस्तै वैशाख १९ गते सरकारले नीति तथा कार्यक्रम पेस गर्ने र त्यसपछि केही महत्त्वपूर्ण विधेयकलाई टुङ्गाउने गरी अघि बढ्ने उनले बताए । बर्तौलाले विद्यालय शिक्षा विधेयकमा सदन पेस हुने बित्तिकै पारित गर्ने विषयमा सहमति भएको जानकारी दिए ।

उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै विद्यालय शिक्षा विधेयक प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसद्ले तयारी गरेको नेताहरूले जनाएका छन् ।  

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : ४९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना