गुरू घिमिरेको दाबी : कांग्रेसले प्रत्यक्षमा सय सीट र समानुपातिकमा ३५ लाख भोट ल्याउँछ « Khabarhub

गुरू घिमिरेको दाबी : कांग्रेसले प्रत्यक्षमा सय सीट र समानुपातिकमा ३५ लाख भोट ल्याउँछ


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले आगामी फागुन २१ गतेको चुनावमा पार्टीले १०० सीट जित्न सक्ने बताएका छन् ।

महामन्त्री घिमिरले मोरङको विराटनगरमा पत्रकारहरूसँगको संवादका क्रममा समानुपातिकतर्फ पनि कम्तीमा ३५ लाख मत ल्याउने दाबी गरे ।

विशेष महाधिवेशनपछि पार्टी एक भइसकेको अवस्थामा प्रत्यक्ष र समानुपातिक दुवैमा कांग्रेसले ठूलो सफलता पाउने उनले दाबी गरे।

२०७९ को निर्वाचनमा जितेका र हजारभन्दा कम मतले गुमाएका सीटको समेत हिसाब गर्दा प्रत्यक्षतर्फ १०० सीटमा जित निकाल्न सकिने सुनाएका हुन् ।

घिमिरेले फागुन २१ गतेको निर्वाचनपछि संसदीय दलको नेतामा पनि सभापति गगन थापा सर्वसम्मत हुने बताए ।

घिमिरेले संसदीय व्यवस्था भएका देशमा संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने अभ्यासको पनि ब्याख्या गरे । त्यहीअनुसार थापाले संसदीय दलको नेता बनेर प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व गर्ने पनि उनले उल्लेख गरे।

घिमिरले कांग्रेको १५ औँ महाधिवेशन वैशाखमा गर्न उचित नहुने बताए । एक वर्षभन्दा बढी महाधिवेशन सार्न नमिल्ने विधानको व्यवस्था रहेको स्मरण गराउँदै उनले संसदीय निर्वाचनको नतिजापछि सरकार गठनमै केही महिना जाने भएकाले महाधिवेशन वैशाखमा हुन नसक्ने सुनाए ।

घिमिरेले २०८३ सालको पुस मसान्तसम्ममा पन्ध्रौँ महाधिवेशन गर्नुपर्ने पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ६ : २५ बजे

विश्वकपमा अहिले अर्जेन्टिना र अल्जेरिया भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

पेले र मेस्सीलाई पछि पार्दै एमबाप्पेले रचे इतिहास

काठमाडौँ – केलियन एमबाप्पेले दुई गोल गर्दै नयाँ कीर्तिमान कायम

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल