आगामी अधिवेशनमा सार्वजनिक बिदा बाहेक सधैँ संसद् चल्ने « Khabarhub

आगामी अधिवेशनमा सार्वजनिक बिदा बाहेक सधैँ संसद् चल्ने


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आगामी अधिवेशनमा सार्वजनिक बिदाका दिन बाहेक अन्य सबै दिन बैठक सञ्चालन हुने भएको छ ।  

बुधबार सिंहदरबारमा प्रमुख सचेतकसँग छलफल गर्दै सभामुख देवराज घिमिरेले शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका हुन् । 

सभामुख घिमिरेले पूर्व बजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण बिदा बाहेकका सबै दिन संसद् सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताएका थिए । त्यस्तै उनले विद्यालय शिक्षा विधेयक सदनमा आएपछि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा समेत जोड दिएका थिए । 

बैठकले सभामुखको प्रस्ताव अनुमोदन गरेको छ । सोहीबमोजिमको क्यालेन्डरबारे वैशाख १२ गते बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकमा पेस हुने कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। उनले विद्यालय शिक्षा विधेयक सदनमा पेस भए त्यसलाई पनि प्राथमिकतामा आधारमा अघि बढाउने सहमति भएको बताए ।  

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले वैशाख १२ गते बस्ने पहिलो बैठकमा शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको जानकारी दिए ।

त्यस्तै वैशाख १९ गते सरकारले नीति तथा कार्यक्रम पेस गर्ने र त्यसपछि केही महत्त्वपूर्ण विधेयकलाई टुङ्गाउने गरी अघि बढ्ने उनले बताए । बर्तौलाले विद्यालय शिक्षा विधेयकमा सदन पेस हुने बित्तिकै पारित गर्ने विषयमा सहमति भएको जानकारी दिए ।

उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै विद्यालय शिक्षा विधेयक प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसद्ले तयारी गरेको नेताहरूले जनाएका छन् ।  

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १ : ४९ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३