कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह- आन्दोलनका कार्यक्रम रोक्नुस् « Khabarhub

कर्मचारी ट्रेड युनियनलाई गगन थापाको आग्रह- आन्दोलनका कार्यक्रम रोक्नुस्


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका छन् । 

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थापाले निजामती विधेयकमाथि तीव्र रूपमा छलफल भइरहेको भन्दै समितिलाई विश्वास गरी आन्दोलनका कार्यक्रम रोक्नका लागि कर्मचारी ट्रेड युनियनलाई आग्रह गरेका हुन् । 

यसअघि मंगलबार समितिको बैठकमा कर्मचारी संगठनहरुले आफ्ना मागहरू ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिएका थिए । 

थापाले कर्मचारीहरुले आन्दोलनका विषयमा पुनर्विचार गर्नुपर्ने उल्लेख गरे । अहिले राम्रो वातावरण बनिरहेको अवस्थामा वातावरण बिग्रन दिन नहुने उनले बताए ।

त्यस्तै एमाले सांसद कृष्णगोपाल श्रेष्ठले शिक्षक आन्दोलनबाट प्रभावित भएर आन्दोलनको बाटो नखोज्न कर्मचारी संगठनलाई सुझाव दिए । 

कर्मचारी संगठनहरुले सडकमा जाने बहाना खोजिरहेको भन्दै उनले जिम्मेवार भएर समयमा नै विधेयक अघि बढाउनुपर्नेमा जोड दिए  ।  

सांसद श्रेष्ठले जिम्मेवार ठाउँबाट गैर जिम्मेवार अभिव्यक्ति आउन थाले आफ्नो सम्मानका लागि सडकमा जाने अवस्था आउने अवस्था सिर्जना हुने जिकिर गरे  ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : ३० बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई