पत्रकार मिश्रमाथि भएको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण « Khabarhub

पत्रकार मिश्रमाथि भएको दुर्व्यवहारप्रति महासङ्घको ध्यानाकर्षण


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद मिश्रमाथि समाचार संकलनका क्रममा भएको दुर्व्यबहारप्रति महासङ्घ रासस प्रतिष्ठान शाखाले भर्त्सना गरेको छ ।
 
प्रतिष्ठान शाखाले यही वैशाख ९ गते कागेश्वरी मनोहरास्थित सार्वजनिक सडकको तस्बिर लिनेक्रममा निर्माण व्यवसायीसम्बद्ध व्यक्तिले राससका पत्रकार मिश्रलाई धाकधम्कीसहित गालिगलोज गरेको घटनाप्रति खेद व्यक्त गर्दै दोषीलाई दहैसम्म कारवाही गर्न माग गरेको छ ।  

रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्णप्रसाद सापकोटाद्वारा आज जारी विज्ञप्तिमा, ‘पत्रकार मिश्रलाई यही वैशाख ९ गते मंगलबार दिउँसो कोलमोतेश्वर कागेश्वरी मनोहरा नगरपालिका–४ स्थित निर्माणाधीन सार्वजनिक सडकको तस्बिर लिने क्रममा निर्माण व्यवसायी सङ्घको प्रतिनिधि बताउने एक व्यक्तिले हस्तक्षेप गरी धाकधम्की दिएको तथा संकलित तस्बिर हटाउन दबाब दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’, भनिएको छ ।

उक्त घटनाबाट पत्रकार मिश्रको मात्र नभई सम्पूर्ण पत्रकारहरूको मनोवैज्ञानिक र भावनात्मक रूपमा असर पुग्ने निष्कर्ष रहेको उल्लेख गर्दै प्रतिष्ठान शाखाका अध्यक्ष सापकोटाले समाचार संकलन तथा सम्प्रेषणमा खटिने पत्रकारलाई सुरक्षा दिँदै मनोबल बढाउनेतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गरेका छन्।
 
महासङ्घले देश र जनताका पक्षमा अहोरात्र काम गरिरहेको श्रमजीवी सञ्चारकर्मीमाथि हुने यसकिसिमका दुर्व्यवहार एवं ज्यादतिका कारण सुरक्षा चुनौती थपएिको र नागरिकको अभिव्यक्ति तथा सूचनाको हकसम्बन्धी अधिकार हनन भएको निष्कर्षसहित आपत्ति व्यक्त गरेको छ ।  
 
आमसञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारका दुर्व्यवहार अन्त्य गर्न र अभिव्यक्ति तथा सूचनाको हकमाथिको अधिकार सङ्कुचन हुन नदिन सम्बद्ध निकायको ध्यानाकर्षण गर्दै पत्रकार मिश्रमाथि भएको घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनबमोजिम कारवाही गर्न अध्यक्ष सापकोटाले जोडदार माग गरेका छन् ।  
 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  २ : ३४ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई