माओवादीले भन्यो- कांग्रेस-एमाले गठबन्धनले औचित्य पुष्टि गर्न सकेन, तत्काल सरकार छाडे हुन्छ « Khabarhub

माओवादीले भन्यो- कांग्रेस-एमाले गठबन्धनले औचित्य पुष्टि गर्न सकेन, तत्काल सरकार छाडे हुन्छ


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई एक दिन पनि सरकारको नेतृत्वमा बस्ने नैतिक अधिकार नरहेको निष्कर्ष निकालेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्रका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राजनीतिक रुपमा वर्तमान सरकारले वैधानिकता गुमाइसकेकाले आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको बताए ।

अब यो सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको उनको तर्क छ। उनले वर्तमान गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको जिकिर गरे ।



त्यस्तै माओवादीले प्रचण्ड नेतृत्वको सरकारले अघि बढाएको भ्रष्टाचारविरोधी अभियानलाई उल्टाउने मात्रै नभई सुशासन कायम गर्न लागेका अधिकारीलाई छानी छानी यो सरकारले दण्डित गरेको पनि निष्कर्ष निकालेको छ ।

प्रवक्ता सापकोटाले आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने र विपक्षीप्रति सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारवाहीको श्रृंखला नै खडा गरिएको बताए । उनले वर्तमान सरकारका निर्णय सवै बिचौलियाको स्वार्थमा जनहित र राष्ट्र हितविपरीत रहेको उल्लेख गरे ।

त्यस्तै माओवादी केन्द्रले शिक्षकका माग पूरा गर्नुभन्दा सरकारले उनीहरूलाई होच्चाउने र अपमानित गर्ने काम गरेको जनाएको छ । शिक्षा विधेयक फास्टट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न माओ‌वादीले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : १३ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण