सरकारले आफ्नो कमीकमजोरी सच्चाउँदै अघि बढ्नुपर्छ : पूर्णबहादुर खड्का « Khabarhub

सरकारले आफ्नो कमीकमजोरी सच्चाउँदै अघि बढ्नुपर्छ : पूर्णबहादुर खड्का


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेस–एमालेबीच भएको सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया छिटो सुरु गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै खड्काले संविधान संशोधनको काम अघि बढाउन ढिला भएको भन्दै दुईदलबीच भएको सहमति अनुसार यसलाई छिटो अघि बढाउनुपर्ने बताएका हुन् । 

सहमतिको आधारमा कांग्रेस र एमालेको बीचमा कार्यदल बनाएर संशोधनको आधार तयार बनाउनुपर्ने उनले बताए । 

त्यसैका आधारमा अन्य दलहरूसँग छलफल गरेर सुझावका आधारमा संविधानलाई सुदृढ बनाउनुपर्नेमा उनले जोड दिए । 

उनले संविधानमा भएको अधिकारलाई घटाउने गरी नभई बढाउने गरी संशोधनको बहस हुनुपर्ने बताए । खड्काले सरकारले आफ्नो कमीकमजोरी सच्चाउँदै अघि बढ्नुपर्ने भन्दै दुई दलबीच भएको सहमति दायाँबायाँ नहुने स्पष्ट पारे ।  

उनले आम नागरिकको भावनालाई बुझेर असन्तुष्टिहरूलाई अभिव्यक्ति तथा निर्णयका मार्फत सम्बोधन गर्नुपर्ने समेत बताए । 

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : २२ बजे

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार

सहकारीको ऋणको अधिकतम ब्याजदर १३ प्रतिशत कायम

काठमाडौं– सहकारी संस्थाले सदस्यलाई प्रवाह गर्ने ऋणको अधिकतम ब्याजदर १३