सभामुखले दलहरूलाई भने- संसद्‍बाट ऐन पास नभएसम्म शिक्षकहरूले काठमाडौं नछोड्ने भए « Khabarhub

सभामुखले दलहरूलाई भने- संसद्‍बाट ऐन पास नभएसम्म शिक्षकहरूले काठमाडौं नछोड्ने भए

सार्वजनिक बिदा र शनिबारबाहेक सबै दिन संसद् चलाइने


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सभामुख देवराज घिमिरेले सार्वजनिक बिदा र शनिबारबाहेक साताका सबै दिन संसद् बैठक चलाउन दलका प्रमुख सचेतक र सचेतहरूसँग प्रस्ताव गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको उक्त बैठकमा घिमिरेले संसद्लाई नतिजामुखी बनाउने गरी सार्वजनिक बिदा र शनिबारबाहेकका सबै दिन बैठक राख्ने प्रस्ताव गरेका हुन् ।

घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदाबाहेकका सबै दिन संसद् सञ्चालन गर्ने प्रस्ताव गरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

प्रमुख सचेतक र सचेतहरूको उक्त बैठकले सभामुख घिमिरेकव प्रस्ताव अनुमोदन गरिसकेको छ । अब सभामुखको प्रस्ताव अनुसारकै क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेश हुनेछ ।

‘संसद्लाई सरकारको नीति तथा कार्यक्रम, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको व्यवस्था बमोजिम पूर्वबजेट छलफल तथा बजेटको चाप परेको छ’, उनले भने, ‘विद्यालय शिक्षा विधेयकलाई पनि प्राथमिकतासहित पारित गर्नुपर्ने दायित्व संसद्‍को छ । शिक्षकहरूले ऐन नलिई जान्न भन्नुभएको छ । उहाँहरूले मलाई पनि भेटेर पहल गरिदिन भन्नुभएको छ ।’

उपसमितिले वैशाख २३ सम्मको समयावधिभित्रै प्रतिवेदन बुझाउने प्रतिबद्धता जनाएको अवस्थामा यसलाई प्राथमिकता दिने गरी संसद्ले तयारी गरेको छ ।
उनले जुनसुकै दिन विधेयक संसद्‍मा प्रस्तुत गर्ने गरी क्यालेन्डरमा सुरक्षित गरिने बताएका छन् ।

‘समितिको प्रतिवेदन आएलगत्तै संसद्‍ले पारित गर्ने प्रक्रिया सुरु गर्छ । निजामती विधेयक पनि समितिबाट आउने अवस्थामा छ’, उनले भने, ‘नीति तथा कार्यक्रम र बजेटका प्राविधिक सीमालाई ध्यान दिँदै शिक्षा, निजामति लगायतका विधेयक यही अधिवेशनमा पारित गर्न तयार हुनुपर्छ ।’

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ३ : ३२ बजे

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण