कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित « Khabarhub

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले वैशाख १७ का लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । कांग्रेसले अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको हो । 

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यसअघि कांग्रेसले वैशाख २ गते विज्ञप्तिमार्फत नै १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिएका थियो । 

उक्त बैठक स्थगित गरिनुको कारण भने कांग्रेसले खुलाएको छैन ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : ०४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५