कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित « Khabarhub

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले वैशाख १७ का लागि तय गरेको केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको छ । कांग्रेसले अर्को सूचना जारी नहुँदासम्मका लागि पूर्वनिर्धारित केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेको हो । 

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ,’ मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यसअघि कांग्रेसले वैशाख २ गते विज्ञप्तिमार्फत नै १७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाइएको जानकारी दिएका थियो । 

उक्त बैठक स्थगित गरिनुको कारण भने कांग्रेसले खुलाएको छैन ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ४ : ०४ बजे

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ