कांग्रेसद्वारा कश्मीर आक्रमणप्रति दुःख व्यक्त « Khabarhub

कांग्रेसद्वारा कश्मीर आक्रमणप्रति दुःख व्यक्त


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले भारतको जम्मु–कश्मीरस्थित पहलगाममा पर्यटकमाथि आतंककारीले गरेको आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पहलगाममा मंगलबार भएको आतंककारी आक्रमणका प्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
 
आक्रमणमा परी एक नेपालीसहित कम्तिमा २६ जनाको मृत्यु र कयौँ व्यक्ति घाइते भएका थिए ।

 ‘विश्वको जुनसुकै कुनामा हुने मानवता विरूद्धका यस्ता आतंककारी घटनाको नेपाली कांग्रेस सदैव घोर निन्दा र भर्त्सना गर्दछ,’ खड्काले भनेका छन्, ‘यस दुःखद क्षणमा भारत सरकार र भारतीय जनताप्रति नेपाली कांग्रेसको तर्फबाट सहानुभूति प्रकट गर्दछु ।’

कांग्रेसले आक्रमणमा परी निधन भएका नेपाली नागरिक रूपन्देहीको बुटवल-११, कालिकानगरका सुदीप न्यौपानेको शवलाई स्वदेश ल्याउनका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह पनि गरेको छ । 

‘शव नेपालमा ल्याई मृतकका परिवारलाई बुझाउनका लागि सरकारले तुरुन्त कूटनीतिक पहल प्रारम्भ गर्न र मृतकका परिवारलाई उचित सहयोग पुऱ्याउनका लागि नेपाली कांग्रेस सरकारसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ०२ बजे

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा