एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द « Khabarhub

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका नेता कँडेलको उम्मेदवारी रद्द गरिएको जनाएको छ ।

कांग्रेसकै नेता भीमबहादुर थापाले सुरूमा आधिकारिक टिकट लिएर उम्मेदवारी दर्ता गराएका थिए । कँडेलले थापा पछाडि उम्मेदवारी दर्ता गरेपछि खारेजीमा परेको हो ।

कँडेलले दर्ता नम्बर उल्लेख नगरी क्रम संख्या मात्रै राखर्एको भेटिएसँगै उम्मेदवारी विवाद भएको थियो । मुख्य निर्वाचन कार्यालयमा पहिले उम्मेदवारी दर्ता गरेका थापालाई मान्यता दिएसँगै कँडेल जिल्लिएका हुन् ।

उक्त निर्वाचन क्षेत्रबाट उठेकी आमजनता पार्टीकी मायाकुमारी थापाको उम्मेदवारी पनि खारेज भएको छ । सहायक निर्वाचन अधिकृत भेषराज खनाल थापाको नाम कालोसूचीमा पाइएपछि उम्मेदवारी खारेजीमा परेको हो ।

यो निर्वाचन क्षेत्रबाट सुरुमा २७ जनाको उम्मेदवारी परेको थियो । अब त्यहाँ १० जना स्वतन्त्र र १५ दलकासहित २५ जनाको उम्मेदवारी कायम भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ८ : ०६ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६