रघुजी पन्त शिक्षामन्त्री बन्दै, बिहीबार अपरान्ह शपथ « Khabarhub

रघुजी पन्त शिक्षामन्त्री बन्दै, बिहीबार अपरान्ह शपथ

शीतल निवासमा प्रधानमन्त्री कार्यालयको फोन- मन्त्रीको शपथ गराउनु पर्‍यो


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेका छन् । नेकपा एमालेकी नेतृ विद्या भट्टराईले राजीनामा दिएपछि उनी नयाँ शिक्षामन्त्री नियुक्तिको तयारीमा जुटेका हुन् ।

प्रधानमन्त्री ओलीले नयाँ शिक्षामन्त्री नियुक्तिको तयारी गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शीतल निवासमा फोन गरेर शपथको तयारी गरिदिन भनेको छ ।

शिक्षक आन्दोलन २० औँ दिनमा पुगेको अवस्थामा सोमबार भट्टराईले राजीनामा दिएकी थिइन् ।

उनको स्थानमा प्रधानमन्त्री ओलीले एमाले नेता एवम् समानुपातिक सांसद रघुजी पन्तलाई शिक्षामन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार उनले पन्तलाई मंगलबार नै फोन गरेर नयाँ जिम्मेवारी लिन तयार हुनु भनेर निर्देशन दिएका थिए । पन्तले भने आफूलाई मिल्ने नयाँ जिम्मेवारीबारे केही खुलाउन चाहेनन् ।

‘अहिलेसम्म मलाई कुनै जानकारी आएको छैन’, उनले भने, ‘यदि त्यसो भएमा खबर आउला नि !’

प्रधानमन्त्रीको सचिवालयका अनुसार शिक्षामन्त्रीमा पन्त नियुक्तिको टुंगो लागिसकेको छ । उनलाई बिहीबार अपरान्हम ४ बजे राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ खुवाइने भएको छ ।

प्रधानमन्त्रीका सचिवालय सदस्य रामशरण बजगाईंका अनुसार पन्तलाई शिक्षामन्त्री बनाउने निर्णय भएको छ । उनको शपथ बिहीबार गराउने तयारी भएको बजगाईंले बताए ।

त्यसका लागि मुख्यसचिव एकनारायण अर्यालले शीतल निवासमा बुधबार नै फोन गरिसकेका छन् । नयाँ मन्त्री नियुक्त हुने भएकाले शपथ कार्यक्रमको तयारी गरिदिन उनले भनिसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ५ : ५० बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई