पहलगाम घटनापछि पाकिस्तानीलाई भारत छोड्न निर्देशन, सिन्धु जल सम्झौता पनि खारेज « Khabarhub

पहलगाम घटनापछि पाकिस्तानीलाई भारत छोड्न निर्देशन, सिन्धु जल सम्झौता पनि खारेज


१० बैशाख २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काश्मिरको पहलगाममा भएको आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कठोर निर्णय गरेकोछ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् बैठक (सीसीएस)ले पाकिस्तानी नागरिकलाई ४८ घण्टा भित्र भारत छोड्न निर्देशन दिने लगायत पाँच वटा कठोर निर्णय गरेको हो ।

बुधबार बसेको बैठकले पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश दिएको छ । त्यस्तै पाकिस्तान उच्चायोगमा रहने संख्या ५५ बाट ३० मा घटाइने, पाकिस्तानीलाई दिएको सबै भिसा रद्द गर्ने, अटारी बागा बोर्डर बन्द गर्ने र सिन्धु जल सम्झौता पनि स्थगित गर्ने निर्णय गरेको छ ।

बैठक झण्डै साढे दुई घण्टा चलेको थियो । रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर, एनएसए अजित डोभाल लगायत धेरै अधिकारीहरू बैठकमा उपस्थित थिए।

यस्तै भारतीय सरकारले बिहीबार सर्वदलीय बैठक बोलाएको छ। अर्कोतर्फ, पहलगामको बैसरणमा भएको आतंकवादी हमलाको दोस्रो दिन बुधबार श्रीनगरदेखि दिल्लीसम्म श्रृंखलाबद्ध बैठकहरू आयोजना गरिएको दैनिक भास्करले लेखेको छ ।

मंगलबार भारत प्रशासित काश्मिरको पहलगाम भएको आंतककारी हमलामा २६ जना पर्यटकको मृत्यु भएको थियो । आंतककारीले पर्यटकहरुको धर्म सोधी हत्या गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

कश्मीरमा आक्रमणपछि पाकिस्तानलक्षित भारतका ५ निर्णय:
• निर्णयको ४८ घण्टाभित्र सबै पाकिस्तानीलाई भारत छोड्न निर्देशन ।
• पाकिस्तानी कूटनीतिज्ञहरूलाई ७ दिनभित्र भारत छोड्न आदेश ।
• पाकिस्तान उच्चायोगमा रहने संख्या ५५ बाट ३० मा घटाइने ।
• पाकिस्तानीलाई दिएको सबै भिसा रद्द ।
• अटारी बागा बोर्डर बन्द ।
• सिन्धु जल सम्झौता स्थगित ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  १० : ३५ बजे

ओलीपछि पूर्वगृहमन्त्री लेखक पनि हिरासतबाट रिहा

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीपछि पूर्वगृहमन्त्री

अमेरिका-इरान वार्ताअघि इस्लामाबादमा दुई दिन सार्वजनिक बिदा

इस्लामावाद- पाकिस्तानले अमेरिका र इरानबीच हुने महत्वपूर्ण वार्ताअघि इस्लामाबादमा दुई

नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक

राँझा– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले नयाँ

लेबनानमा इजरायलले मच्चायो नरसंहार, एकै दिनको आक्रमणबाट २५४ जनाको ज्यान गयो

बेरूत- लेबनानमा इजरायलले गाजाकै शैलीमा नरसंहार मच्चाएको छ। इजरायलको आक्रमणमा

चार किमी सडक कालोपत्र गर्न पाँच वर्ष

गलकोट– लामो समयदेखि जीर्ण बनेको काठेखोला गाउँपालिकाको केन्द्रदेखि रेश जाने सडक