सोनु निगम फेरि भाषा विवादमा, गरे मिडियाको खण्डन « Khabarhub

सोनु निगम फेरि भाषा विवादमा, गरे मिडियाको खण्डन


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड गायक सोनु निगम फेरि भाषिक विवादमा फसेका छन् । गत अप्रिल २५ मा बैंगलोरुको कन्सर्टमा दर्शकले कन्नड गीतको माग गरेको विषयलाई आतंकवादी हमलासँग तुलना गरेका कारण उनी भाषिक विवादमा फसेका थिए ।

त्यसबेला ठट्यौलीमा दिएको अभिव्यक्तिले उनी संकटमा परेका थिए । उनले आफूलाई कन्नड भाषामा गीत गाउन लगानुलाई ठट्यौलीमा आतंकवादसँग जोडेका थिए ।

तर, भाषालाई अपमान गरेको भन्दै उनी विवादमा परे । यसले कन्नड फिल्म ‘कुलदल्ली केलियावुडो’मा उनको स्वर रहेको गीत हटाउनु पर्ने बाध्यता परेको थियो ।

अहिले फेरि उनी भाषिक विवादमा जोडिएका छन् । यो विवाद अहिले भारतमा सतहमा आएको छ ।

यो भारतको बैङ्गलोरुको एसबीआई बैंकका म्यानेजर र ग्राहकबीचको भाषिक वेमेलले उत्पन्न भएको हो।

यो विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । भारतीय मिडियाहरुको पनि यसले ध्यान तानेको छ । नेताहरुले पनि यो विषयमा धारणा राखेका छन् ।

सार्वजनिक भिडियोमा बैंक म्यानेजरले कन्नड भाषा बोलेका छन् भने उनले ग्राहकलाई पनि सोही भाषा बोल्न दबाब दिएका छन् ।

भिडियोमा ती ग्राहकले आफू भारतीय भएकाले हिन्दी भाषा बोल्ने बताएका छन् । यस विषयमा सामाजिक सञ्जालमा दुवैको पक्ष-विपक्षमा टिकाटिप्पणी भइरहेको छ ।

बैङ्गलोरु दक्षिणबाट विजयी भारतीय जनता पार्टीका सांसद तेजस्वी सूर्याले कन्नड भाषा बोल्नुपर्ने म्यानेजरको अडान गलत रहेको अभिव्यक्ति दिएका छन् । जो अहिले कन्नड भाषाको विस्तार गर्नु पर्ने मत राख्छन् ।

तर उनले यो विवादमा कन्नड भाषीको पक्षमा नउभिएको भन्दै सोनु निगम नामक भेरिफाइड एक्स खाताबाट तेजस्वी लक्षित पोस्ट बिहीबार आएको थियो ।

जसमा तेजस्वीलाई ट्याग गर्दै भाषिक योद्धा भए कन्नड फिल्मी हिन्दीमा डब नगर्ने कलाकारलाई रोक्न चुनौती दिइएको छ ।

उक्त पोस्टमा लेखिएको छ, ‘कर्नाटका फिल्महरूलाई हिन्दीमा डब नगर्नुहोस् !… के तपाईंसँग कर्नाटका फिल्म स्टारहरूलाई यो भन्न हिम्मत छ ।’

सोनु निगमले यो पोस्ट म्यानेजर र ग्राहकबीचको विवादका कारण लेखेको धेरैको बुझाइ छ ।

केही मिडियाले यस विषयमा समाचारसमेत बनाएका छन् । तर, सोनुले यो विषयको खण्डन गरेका छन् । उनले टाइम्स अफ डन्डियाले मिथ्या सूचना प्रकाशन गरेको आरोप लगाएका छन् ।

आफ्नो आधिकारिक एक्स अकाउन्ट नभएको र प्रयोग पनि नगर्ने गरेको उनको दाबी छ । आफ्नो नामको भेरिफाइड खाता एक्स खाता अरु कोहीले चलाइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ८ : १६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक