मार्सको शतकमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो « Khabarhub

मार्सको शतकमा लखनउले शीर्ष स्थानको गुजरातलाई हरायो


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मिचेल मार्सको शतकको मद्दतमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटानलाई ३३ रनले हराएको छ।

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत प्ले अफ प्रवेश गर्ने टोलीको यस अघि नै टुंगो लागिसकेको छ। गएरातिको खेल क्वालिफायर १ मा प्रवेशका लागि गुजरातका लागि महत्त्वपूर्ण थियो। पराजयका बाबजुद गुजरात १८ अङ्क सहित तालिकाको शीर्ष स्थानमा छ। लखनउ भने यस अघि नै आईपीएलबाट बाहिरिएको छ।

लखनउ १२ अङ्क सहित छैटौँ स्थानमा छ। गुजरातले अन्तिम खेल चेन्नाई सुपर किङसँग खेल्ने छ। दोस्रो स्थानमा रहेको रोयल च्यालेन्जर बंगलोरु र तेस्रो स्थानको पन्जाब किङ्सको १७ अङ्क छ। दुवैले गुजरातले भन्दा एक खेल कम खेलेका छन्।

बिहीबारको खेलमा २३६ रनको लक्ष्य पछ्याएको गुजरातले ९ विकेटको क्षतिमा २०२ रन मात्र जोड्न सकेको हो। गुजरातका साहरुख खानले २९ बलमा ५७ रनको योगदान गरे। सेरफाने रुदरफोर्डले ३८ तथा जोस बटलरले ३३ रन जोडे। साइ सुदर्शनले २१ तथा कप्तान शुभमन गिलले ३५ रन बनाए।

लखनउका विल ओ रुकेले चार ओभरमा २७ रन खर्चेर तीन विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले दुई विकेटको क्षतिमा २३५ रन बनाए। लखनउका लागि मार्सले ६४ बलमा ११७ रन प्रहार गरे भने निकोलास पूरणले २७ बलमा ५६ रन जोडे।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ५१ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ