आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान « Khabarhub

आजको मौसम : देशका अधिकांश भागमा वर्षा हुने पूर्वानुमान


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

महाशाखाका अनुसार आइतबार राति कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ ।

कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ६ : ४१ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ