रविको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै « Khabarhub

रविको बन्दीप्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ हुँदै


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा शुक्रबार पनि सुनुवाइ हुँदैछ । बुधबार बहस नसकिएपछि आज (बिहीबार)का लागि हेर्दाहेर्दैमा रहेको थियो थियो ।

पटक पटक स्थगित हुँदै आएको रिटमा गत मङ्गलबारदेखि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ हुँदै आएको छ । 

बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा शुक्रबार पीडितका तर्फबाट कानून व्यवसायीले बहस गरेपछि जवाफी बहस सुरु हुनेछ । जवाफी बहसपछि आदेश आउने छ ।

यसअघि बिहीबार लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलगायत र सरकारी वकिलले बहस गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा राखिएका लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै रिट निवेदन दिएकी थिइन् ।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, रूपन्देही जिल्ला अदालत, उच्च अदालत तुलसीपुर बुटवल इजलासलाई विपक्षी बनाइएको छ ।

उक्त प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १० : १८ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।