काठमाडौं महानगरबाट योग प्रशिक्षण र शक्‍तिवर्द्धक औषधि निःशुल्क वितरण « Khabarhub

काठमाडौं महानगरबाट योग प्रशिक्षण र शक्‍तिवर्द्धक औषधि निःशुल्क वितरण


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शारीरिक अवस्था र रोग अनुसार योग गर्न प्रोत्साहित गर्न काठमाडौं महानगरपालिकाले योग शिविर सञ्चालन गरेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ ।

कार्यक्रमअन्तर्गत एक ठाउँमा ५ दिन शिविर चलाउने महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । वैशाख १४ गते पहिलो शिविर काठमाडौं– १४ बाट थालिएको थियो भने दोस्रो शिविर वैशाख २१ गते काठमाडौं– १२ र  काठमाडौं– १५ मा वैशाख ३० मा सम्पन्न भएको थियो ।

गत सोमबार धरहरामा परिसरमा सुरु भएको शिविर शुक्रबार सकिएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

अबको शिविर काठमाडौं– ३१ र २३ मा आयोजना हुने महानगरले जानकारी दिएको छ ।

शिविरको अन्तिम दिन (पाँचौँ) दिन रक्तचाप र मधुमेहको परीक्षण गरेर निःशुल्क शक्‍तिवर्द्धक औषधि प्रदान गर्ने गरिएको वरिष्ठ वैद्य पार्वती रावलले जानकारी दिइन् । यसरी प्रदान गरिने औषधिहरू त्रिफला चूर्ण, अश्वगन्धा, च्यवनप्रास, आमलकी, महानारायण तेललगायत छन् ।

वैद्य मञ्जुश्री ठाकुरका अनुसार परीक्षण गरिएका व्यक्तिहरूमा रक्तचाप आम मानिसको साझा समस्या जस्तै देखिएको छ ।

परीक्षणपछि डाक्टरहरूबाट आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीको सम्बन्धका विषयमा परामर्श गरिन्छ ।

कार्यक्रमअन्तर्गत वडाहरूमा योग प्रशिक्षण नियमित सञ्चालन गर्न योग प्रशिक्षक प्रशिक्षण, व्यायाम व्यवसायीमार्फत खुला स्थानमा शारीरिक अभ्यासको प्रवर्द्धन लगायत कार्यक्रम सञ्चालन गरिसकेको छ ।

रोगबाट थलिनुअघि नै निरोगी हुने बाटो समाउन प्रोत्साहित गर्नु कार्यक्रमका मुख्य क्रियाकलाप हुन् । स्वास्थ्योपचारमा हुने खर्च र यस समयमा परिवारले भोग्नु पर्ने मानसिक पीडाबाट नागरिकको आर्थिक, शारीरिक तथा मानसिक अवस्थालाई क्षति हुनबाट बचाउने उद्देश्यसहित कार्यक्रम थालिएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १० : ३५ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।