काठमाडौं महानगरबाट योग प्रशिक्षण र शक्‍तिवर्द्धक औषधि निःशुल्क वितरण « Khabarhub

काठमाडौं महानगरबाट योग प्रशिक्षण र शक्‍तिवर्द्धक औषधि निःशुल्क वितरण


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शारीरिक अवस्था र रोग अनुसार योग गर्न प्रोत्साहित गर्न काठमाडौं महानगरपालिकाले योग शिविर सञ्चालन गरेको छ । ‘आरोग्य जीवन’ स्वर्णिम योजनाअन्तर्गत शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ ।

कार्यक्रमअन्तर्गत एक ठाउँमा ५ दिन शिविर चलाउने महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । वैशाख १४ गते पहिलो शिविर काठमाडौं– १४ बाट थालिएको थियो भने दोस्रो शिविर वैशाख २१ गते काठमाडौं– १२ र  काठमाडौं– १५ मा वैशाख ३० मा सम्पन्न भएको थियो ।

गत सोमबार धरहरामा परिसरमा सुरु भएको शिविर शुक्रबार सकिएको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

अबको शिविर काठमाडौं– ३१ र २३ मा आयोजना हुने महानगरले जानकारी दिएको छ ।

शिविरको अन्तिम दिन (पाँचौँ) दिन रक्तचाप र मधुमेहको परीक्षण गरेर निःशुल्क शक्‍तिवर्द्धक औषधि प्रदान गर्ने गरिएको वरिष्ठ वैद्य पार्वती रावलले जानकारी दिइन् । यसरी प्रदान गरिने औषधिहरू त्रिफला चूर्ण, अश्वगन्धा, च्यवनप्रास, आमलकी, महानारायण तेललगायत छन् ।

वैद्य मञ्जुश्री ठाकुरका अनुसार परीक्षण गरिएका व्यक्तिहरूमा रक्तचाप आम मानिसको साझा समस्या जस्तै देखिएको छ ।

परीक्षणपछि डाक्टरहरूबाट आहार, विहार, आचार, विचारसँग रोगको सम्बन्ध, शारीरिक तथा मानसिक स्वास्थ्यका लागि जीवनशैलीको सम्बन्धका विषयमा परामर्श गरिन्छ ।

कार्यक्रमअन्तर्गत वडाहरूमा योग प्रशिक्षण नियमित सञ्चालन गर्न योग प्रशिक्षक प्रशिक्षण, व्यायाम व्यवसायीमार्फत खुला स्थानमा शारीरिक अभ्यासको प्रवर्द्धन लगायत कार्यक्रम सञ्चालन गरिसकेको छ ।

रोगबाट थलिनुअघि नै निरोगी हुने बाटो समाउन प्रोत्साहित गर्नु कार्यक्रमका मुख्य क्रियाकलाप हुन् । स्वास्थ्योपचारमा हुने खर्च र यस समयमा परिवारले भोग्नु पर्ने मानसिक पीडाबाट नागरिकको आर्थिक, शारीरिक तथा मानसिक अवस्थालाई क्षति हुनबाट बचाउने उद्देश्यसहित कार्यक्रम थालिएको महानगरले जनाएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १० : ३५ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।