गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन, किसानलाई राहत « Khabarhub

गुल्मीको सत्यवतीमा कृषि एम्बुलेन्स सञ्चालन, किसानलाई राहत


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तम्घास– गुल्मीको सत्यवती गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । यहाँ उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण गर्ने उद्देश्यले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको पालिकाको कृषि शाखा प्रमुख उपकार भण्डारीले जानकारी दिए । 

सङ्घीय सरकारको १९ लाख रुपैयाँ र पालिकाको १५ लाख रुपैयाँ गरी कुल ३४ लाख रुपैयाँमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको उनले बताए ।  

एम्बुलेन्स सञ्चालनका लागि सबै वडामा उप–समिति गठन गरिएका छन् भने पालिकास्तरमा ‘थाप्ले सत्यवती कृषि बजार’ गठन गरिएको छ । यसैगरी सबै टोलमा सङ्कलन केन्द्र राखिएका छन् ।

कृषि शाखा प्रमुख भण्डारीका अनुसार कुल १५ क्विन्टलसम्म तरकारी बोक्न सक्ने क्षमता भएको एम्बुलेन्समा माइनस १५ डिग्री र प्लस २५ डिग्रीसम्म तापक्रम कायम गर्न मिल्ने र पाँच दिनसम्म कुनै पनि तरकारी टिकाइराख्ने क्षमता रहेको छ । एम्बुलेन्सले तरकारी मात्र नभएर मासु र दूध पनि निर्यात गर्न सक्नेछ ।  

हाल किसान आफैँले एम्बुलेन्स सञ्चालन गरेका छन्, जसले गर्दा नाफा र उत्पादनमा आधारित अनुदान पनि किसानसँगै रहने गरेको छ ।

सबै वडामा सङ्कलन भएका कृषिउपज बुटबलका बजारमा लगिने गरेको छ भने सत्यवतीदेखि त्यहाँसम्म प्रतिकेजी तीन रुपैयाँदेखि छ रुपैयाँसम्म भाडा तोकिएको छ । पालिकाले एम्बुलेन्समा सहजीकरण गरेसँगै किसानहरू लाभान्वित भएका स्थानीय मीना ढकालले बताइन् । 

‘अब तरकारी, दूध बिक्री गर्न सहज भएको छ । किसान र उपभोक्ताको सिधा सम्पर्क भएपछि बिचौलियाको पनि अन्त्य भएको छ ।’, उनले भनिन् । 

अर्का कृषक मणिराम पाण्डेले अब उत्पादित कृषिजन्य सामग्रीको बजारीकरण सुनिश्चित भएको बताए । उनका अनुसार सत्यवती गाउँपालिकामा ६० वटा समूहमा ९०० किसान आबद्ध छन् । करिब सय जनाले एकल रूपमा पनि तरकारीखेती गरेका छन् । पालिकामा एक हजार किसानले उत्पादन गरेको तरकारी एवं दूध र मासुजन्य सामग्री स्थानीय बजारका साथै बुटबलसम्म पुग्ने गरेको छ । 

पालिकामा तरकारी, फलफूल, माछा, मासु, दूध र अण्डाबाट वार्षिक करिब रु १० करोड भित्रिएको पालिकाको तथ्याङ्क छ । पशु शाखा प्रमुख नारायण खनालले सत्यवतीले गत वर्षदेखि नै बुटबल हाटबजारको २८ नं सटरमा पालिकामा उत्पादित कृषिजन्य सामग्री बिक्री गर्दै आएको बताए । –रासस
 

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  १२ : २४ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको