‘जेरी अनटप’ धोका पाएपछि ‘कमब्याक’ गराउने निर्देशककै फिल्म गर्दै विपना थापा « Khabarhub

‘जेरी अनटप’ धोका पाएपछि ‘कमब्याक’ गराउने निर्देशककै फिल्म गर्दै विपना थापा


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– नायिका विपना थापाले गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’बाट ठूलो पर्दामा ‘कमब्याक’ गरिन् । नायिकाको भूमिका पाउँदै गर्दा फिल्मबाट दूरी बनाएकी उनले डेढ दशकपछि चरित्र नायिकाका रुपमा ठूलो पर्दामा ‘कमब्याक’ गरिन् ।

उनको कमब्याक सामान्य नै बन्यो । फिल्मको व्यापार पनि सामान्य नै रह्यो । तथापि यो फिल्मले विपना पुनः अभिनयमा फर्किएको सन्देश भने दियो ।

विपना अहिले अभिनयमा नै व्यस्त हुने मनस्थितिमा देखिन्छन् । उनलाई चरित्र नायिकाका रुपमा नै प्रस्ताव आउने गरेको बुझिएको छ ।

उनले अनमोल केसी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘जेरी : अन टप’मा पनि अभिनय गर्ने चर्चा थियो । तर, यस टिमबाट उनले धोका पाइन् ।

फिल्मको अभिनय रहने भनेर शुभमुहूर्तमा पुगेकी उनलाई छायाङ्कनमा भने बोलाइएन । विपनाले निर्वाह गर्ने भनेको अनमोल केसीको आमाको भूमिका पूर्वमिस नेपाल उषा खड्गीलाई दिइयो । उषाले फिल्मको छायाङ्कन पनि पूरा गरिसकिन् ।

टिम ‘जेरी : अन टप’बाट धोका पाएकी विपनाले फेरि अर्को फिल्म साइन गरेकी छन् । चन्द्र पन्तको निर्देशन रहने फिल्म ‘आँबाट आमा’मा उनी अनुबन्ध भएकी हुन् । पन्तले बिहीबार सामाजिक सञ्जाल फेसबुकबाट विपना फिल्ममा अनुबन्ध भएको जानकारी दिएकी हुन् ।

अहिलेको अवस्थामा विपनाको हातमा यो बाहेक अर्को फिल्म छैन । ‘ह्रस्व दीर्घ’बाट कमब्याक गराउने निर्देशक पन्तकै फिल्ममा उनी जोडिएकी हुन् ।

यो फिल्मको छायाङ्कन भदौबाट सुरु हुने निर्देशक पन्तले बताए। उनका अनुसार विपना यो फिल्मको शीर्ष भूमिकाका लागि अनुबन्ध भएकी हुन् ।

कथा सुन्दा नै आफू भावुक भएकाले यस फिल्ममा अभिनय गर्ने मनस्थितिमा पुगेको विपनाले सुनाइन् । भनिन्, ‘फिल्मको कथा दमदार छ । म कथा सुन्दा नै रोएको थिएँ । यो नै म फिल्ममा अनुबन्ध हुनुको प्रमुख कारण हो ।’

यस फिल्मका अन्य कलाकार र प्राविधिक चयनको काम बाँकी रहेको निर्देशक पन्तले बताएका छन् । यो फिल्म आगामी फागुन १५ प्रदर्शनमा ल्याउने तयारीका साथ उनी काम गरिरहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ४८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्