विद्युत् आपूर्तिको समस्या बुझ्न हितेन्द्रले थाले देश दौडाहा, कोशी पुगेर भने- उपभोक्ता गुनासो तत्काल समाधान हुन्छ | Khabarhub Khabarhub

विद्युत् आपूर्तिको समस्या बुझ्न हितेन्द्रले थाले देश दौडाहा, कोशी पुगेर भने- उपभोक्ता गुनासो तत्काल समाधान हुन्छ


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विश्वसनीय विद्युत् आपूर्तिका लागि सरोकारवाला निकायका गुनासा–समस्या सुन्ने, प्राविधिक समस्याको जानकारी लिने र समस्या पहिचान अभियान थालेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले त्यस्तो अभियानको सुरुवात कोशी प्रदेशबाट गरेको जानकारी दिए ।

बिहीबार कोशी प्रदेशको विराटनगरमा त्यहाँका उद्योगी, व्यवसायी र वितरण केन्द्रका प्रमुखसँग उनले छलफल गरेका छन् । त्यस क्षेत्रका सव–स्टेशन र वितरण केन्द्रको अनुगमनमा मध्यरातिसम्म आफू व्यस्त रहेको जानकारी शाक्यले दिए ।

आर्थिक वर्ष २०८१ मा उच्चतम विद्युत् खपत र नियमित महसुल भुक्तानीको आधारमा कोशी प्रादेशिक कार्यालय अन्तर्गतका उत्कृष्ट १० उपभोक्तालाई सम्मान गर्न विराटनगरमा आयोजित कार्यक्रममा पुगेका शाक्यले सरोकारवालासँग छलफल पनि गरे ।

शाक्यले सामाजिक सञ्जालमा अनावश्यक रुपमा लोडसेडिङको हल्ला चलाइएको अवस्थामा विश्वसनीय विद्युत् आपूर्ति गरेर त्यसलाई निराधार बनाउन आफू अभियानकै रुपमा गुनासो सुन्न हिँडेको बताए ।

‘प्राधिकरणको प्रमुख ध्यान नै विश्वसनीय विद्युत् आपूर्तिमा छ,’ शाक्यले भने, ‘विराटनगरमा पनि बिहीबार मध्यरातसम्म सरोकारवालासँग डेडिकेटेड फिडर, विद्युतको विश्वसनीयता, नियमित विद्युत् आपूर्तिलगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौँ ।’

कार्यकारी निर्देशक शाक्यले गुनासो ढुक्कसँग सुनेको भन्दै नियमित र विश्वसनीय विद्युत् आपूर्तिमा प्राधिकरण प्रतिबद्ध रहेको भनी आश्वस्त पार्ने प्रयास गरेको समेत उनले बताए ।

‘कोशी प्रदेशका सबै वितरण केन्द्रका प्रमुखलाई बोलाएर प्रगति विवरण, समस्या र समाधानका उपायबारे छलफल गरेको छु,’ शाक्यले भने, ‘नियमित विद्युत् आपूर्ति, विद्युतको विश्वसनीयता र ग्राहकको गुनासोलाई तत्काल सम्बोधन गर्न निर्देशन पनि दिएको छु ।’

उनले विद्युत् आपूर्तिमा समस्या भएको भनिएका औधोगिक क्षेत्रसँगै त्यहाँका वितरण केन्द्रको पनि गहिरो गरी अनुगमन गरी प्राविधिक समस्याको पहिचान गरी अघि बढ्ने र अभियानलाई निरन्तरता दिने जानकारी दिए ।

‘यो अभिानको सुरुवात विराटनगरबाट गरेका छौँ । अब वीरगञ्ज, भैरहवा, नेपालगञ्जलगायतमा पनि निरन्तरता दिन्छौं,’ शाक्यले भने, ‘हामीले बुझेको समस्या एक खालको हुन्छ । उद्योगी र उपभोक्ताका समस्या र गुनासा फरक हुनसक्छन । त्यसैले समस्या सुनेर समस्याको पहिचान गर्दै अघि बढ्छौँ ।’

उनले यो अभियान छलफल मात्रै नभई समाधानको खोजी पनि भएको उल्लेख गरे ।

‘समाधानका लागि हामी जहाँ–जहाँ पुग्छौँ । ती ठाउँ वरिपरिका क्षेत्रका सवस्टेशन र वितरण केन्द्रहरुको अनुगमन गरेर त्यहाँका प्राविधिक समस्याहरुको पनि जानकारी लिन्छौँ,’ उनले भने, ‘कोशी प्रदेशमा पनि मैले चारवटा सव-स्टेशन र केही वितरण केन्द्रको अनुगमन गरेँ । अन्य ठाउँमा पनि वितरण केन्द्रका प्रमुख र उद्योगीसँग छलफल हुन्छ । त्यहाँका वसस्टेशन र वितरण केन्द्रको अनुगमनलाई निरन्तरता दिन्छौँ ।’

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  २ : ३८ बजे

इजरायली आक्रमणपछि आणविक वार्ता अर्थहीन : इरान

काठमाडौं– इजरायली आक्रमणपछि इरानले आणविक वार्ताको औचित्य सकिएको बताएको छ

गगन थापाको नयाँ प्रस्ताव- क्रियाशील सदस्यबाट सभापति चुनाैँ

 काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा देखिँदै आएको गुटबन्दी

ऊर्जा उद्यमी र राज्यबीच खटपट : कमीसन मागेको आरोपदेखि ‘टेक एण्ड पे’ सम्म !

काठमाडौँ – गएको मङ्सिरयता अर्थ मन्त्रालय, पुँजीबजार नियामक नेपाल धितोपत्र

असार १५ सम्म शिक्षा ऐन पारित गर्ने सरकारको तयारी

 काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म

इजरायलविरुद्ध तत्काल कदम चाल्न संयुक्त राष्ट्रसंघलाई इरानको आह्वान

एजेन्सी– इरानी विदेश मन्त्री अब्बास अराघचीले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टानियो