‘ऊनको स्वीटर’को व्यापार दोस्रो सातामा आधा घट्यो « Khabarhub

‘ऊनको स्वीटर’को व्यापार दोस्रो सातामा आधा घट्यो


९ जेष्ठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’को व्यापार ८ करोड नाघेको निर्माण पक्षले दाबी गरेको छ ।

सुरुवाती दुई सातामा यस फिल्मले आठ करोड १० लाख ग्रस कलेक्सन गरेको निर्माण कम्पनी आर्टमाण्डूले दाबी गरेको हो ।

यो फिल्म गत वैशाख २६ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्ममा समावेश गीत ‘काफ्ले’ले यसको प्रचारमा सहयोग पुर्‍याएको थियो ।

गीतले इनिसियल व्यापारमा सहयोग गर्‍यो । त्यसपछि सकारात्मक ‘वर्ड अफ माउथ’ले नै यसको व्यापार वृद्धि गर्ने कारक बन्यो । सुरुवातदेखि नै यो फिल्म उच्च अकुपेन्सीका साथ चलिएको रहेछ ।

निर्माण टिमको दाबी अनुसार पहिलो साता यो फिल्मले पाँच करोड ७५ लाखको व्यापार गरेको थियो । पहिलो तुलनामा दोस्रो साता फिल्मको व्यापार आधाले घटेको छ । अर्थात्, दोस्रो साता यो फिल्मले २ करोड ३५ लाखको ग्रस कलेक्सन गरेको छ ।

शुक्रबारबाट यो फिल्म तेस्रो सातामा प्रवेश गरेको छ । तेस्रो साताको पहिलो दिन यस फिल्मले एक सयभन्दा बढी शो पाएको छ । ‘ऊनको स्वीटर’पछि तीन फ्रेस फिल्म प्रदर्शनमा आउँदा पनि यति शो पाउनुलाई राम्रो मानिन्छ ।

यो फिल्ममा नायक विपीन कार्की र मिरुना मगर शीर्ष भूमिकामा छन् । परीक्षा लिम्बू, एलेक्सर पारस, विल्सन विक्रम राईलगायत सहायक भूमिकामा छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ५ : ३५ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६