‘ऊनको स्वीटर’को व्यापार दोस्रो सातामा आधा घट्यो « Khabarhub

‘ऊनको स्वीटर’को व्यापार दोस्रो सातामा आधा घट्यो


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – डेब्यू निर्देशक नवीन चौहानको फिल्म ‘ऊनको स्वीटर’को व्यापार ८ करोड नाघेको निर्माण पक्षले दाबी गरेको छ ।

सुरुवाती दुई सातामा यस फिल्मले आठ करोड १० लाख ग्रस कलेक्सन गरेको निर्माण कम्पनी आर्टमाण्डूले दाबी गरेको हो ।

यो फिल्म गत वैशाख २६ गतेबाट प्रदर्शनमा आएको थियो । फिल्ममा समावेश गीत ‘काफ्ले’ले यसको प्रचारमा सहयोग पुर्‍याएको थियो ।

गीतले इनिसियल व्यापारमा सहयोग गर्‍यो । त्यसपछि सकारात्मक ‘वर्ड अफ माउथ’ले नै यसको व्यापार वृद्धि गर्ने कारक बन्यो । सुरुवातदेखि नै यो फिल्म उच्च अकुपेन्सीका साथ चलिएको रहेछ ।

निर्माण टिमको दाबी अनुसार पहिलो साता यो फिल्मले पाँच करोड ७५ लाखको व्यापार गरेको थियो । पहिलो तुलनामा दोस्रो साता फिल्मको व्यापार आधाले घटेको छ । अर्थात्, दोस्रो साता यो फिल्मले २ करोड ३५ लाखको ग्रस कलेक्सन गरेको छ ।

शुक्रबारबाट यो फिल्म तेस्रो सातामा प्रवेश गरेको छ । तेस्रो साताको पहिलो दिन यस फिल्मले एक सयभन्दा बढी शो पाएको छ । ‘ऊनको स्वीटर’पछि तीन फ्रेस फिल्म प्रदर्शनमा आउँदा पनि यति शो पाउनुलाई राम्रो मानिन्छ ।

यो फिल्ममा नायक विपीन कार्की र मिरुना मगर शीर्ष भूमिकामा छन् । परीक्षा लिम्बू, एलेक्सर पारस, विल्सन विक्रम राईलगायत सहायक भूमिकामा छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्