त्रिभुवन विमानस्थलमा भिजिट भिसा सेटिङ : गृहमन्त्री र सचिवसहितलाई कारबाही गर्न उजुरी « Khabarhub

त्रिभुवन विमानस्थलमा भिजिट भिसा सेटिङ : गृहमन्त्री र सचिवसहितलाई कारबाही गर्न उजुरी


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी परेको छ ।

युवराज सफलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा भिजिट भिसा जारी गरी लाखौं रुपैयाँ असुलेको उल्लेख गरिएको छ । उक्त कार्यमा गृहमन्त्री लेखकदेखि लिएर अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।

उजुरीकर्ताले भनेका छन्, ‘भिजिट भिसामा खाडी मुलुकतर्फ जानेसँग ५० हजार रुपैयाँ र विकसित मुलुकतर्फ जानेसँग ३ लाख रुपैयाँसम्म असुलिएको छ ।’

उनले भिजिट भिसामा जानेबाट दिनहुँ करोडौँ रुपैयाँ उठाउने गरिएको थियो । उक्त रकमबाट गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अध्यागमन प्रमुख तीर्थराज भट्टराई, अधिकृत खगेन्द्र सुवेदी, बालकृष्ण पौडेल र विमल पौडेल लगायतलाई भाग लगाइने गरिएको दाबी सफलले गरेका छन् ।

उक्त उजुरीमा भिजिट भिसाको सेटिङमा गृहमन्त्रीका सचिवालय सदस्य गणेश ओझा, स्वकीय सचिव जनक भट्टको समेत संलग्नता रहेको उल्लेख छ ।

सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँदै गृहमन्त्री र गृहसचिवलाई तत्काल निलम्बन गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

उनले विगत पाँच वर्षको भिजिट भिसा प्रणालीको पुनरावलोकन गर्दै भिसा लिएर विदेश गएका नेपालीहरू फर्किएका वा नफर्किएको छानबिन गर्न अनुरोध गरेका छन् । गृहमन्त्री यति धेरै विवादित हुँदा पनि यसबारे सरकारले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ३ : ०६ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति