त्रिभुवन विमानस्थलमा भिजिट भिसा सेटिङ : गृहमन्त्री र सचिवसहितलाई कारबाही गर्न उजुरी « Khabarhub

त्रिभुवन विमानस्थलमा भिजिट भिसा सेटिङ : गृहमन्त्री र सचिवसहितलाई कारबाही गर्न उजुरी


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी परेको छ ।

युवराज सफलले शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा भिजिट भिसा जारी गरी लाखौं रुपैयाँ असुलेको उल्लेख गरिएको छ । उक्त कार्यमा गृहमन्त्री लेखकदेखि लिएर अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।

उजुरीकर्ताले भनेका छन्, ‘भिजिट भिसामा खाडी मुलुकतर्फ जानेसँग ५० हजार रुपैयाँ र विकसित मुलुकतर्फ जानेसँग ३ लाख रुपैयाँसम्म असुलिएको छ ।’

उनले भिजिट भिसामा जानेबाट दिनहुँ करोडौँ रुपैयाँ उठाउने गरिएको थियो । उक्त रकमबाट गृहमन्त्री लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, अध्यागमन प्रमुख तीर्थराज भट्टराई, अधिकृत खगेन्द्र सुवेदी, बालकृष्ण पौडेल र विमल पौडेल लगायतलाई भाग लगाइने गरिएको दाबी सफलले गरेका छन् ।

उक्त उजुरीमा भिजिट भिसाको सेटिङमा गृहमन्त्रीका सचिवालय सदस्य गणेश ओझा, स्वकीय सचिव जनक भट्टको समेत संलग्नता रहेको उल्लेख छ ।

सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउँदै गृहमन्त्री र गृहसचिवलाई तत्काल निलम्बन गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

उनले विगत पाँच वर्षको भिजिट भिसा प्रणालीको पुनरावलोकन गर्दै भिसा लिएर विदेश गएका नेपालीहरू फर्किएका वा नफर्किएको छानबिन गर्न अनुरोध गरेका छन् । गृहमन्त्री यति धेरै विवादित हुँदा पनि यसबारे सरकारले कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ३ : ०६ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता