जलविद्युत कम्पनीले उत्पादन सुरु भएपछि मात्रै शेयर निष्कासन गर्न पाउने « Khabarhub

जलविद्युत कम्पनीले उत्पादन सुरु भएपछि मात्रै शेयर निष्कासन गर्न पाउने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जलविद्युत कम्पनीले बिजुली उत्पादन सुरु नगरीकन शेयर निष्कासन गर्न नपाउने गरी कानुनी व्यवस्था गर्ने तयारी सरकारले गरेको छ । आर्थिक सुधार सुझाव कार्ययोजना, २०८२ जारी गर्दै सरकारले सो जनाएको हो ।

‘जलविद्युत कम्पनीहरूलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक शेयर निष्कासन गर्न सक्ने व्यवस्था गर्ने’, कार्ययोजनामा उल्लेख छ । कार्ययोजनामा आगामी दुई वर्षभित्रमा सो व्यवस्था लागू गरिसक्ने विषय पनि उल्लेख गरिएको छ ।

सरकारले स्वीकृत गरेर ल्याएको कार्ययोजनासँगै नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर जारी गर्न पाइपलाइनमा भएका ठूलो संख्याका जलविद्युत कम्पनी प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ३ : ४० बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति