जलविद्युत कम्पनीले उत्पादन सुरु भएपछि मात्रै शेयर निष्कासन गर्न पाउने « Khabarhub

जलविद्युत कम्पनीले उत्पादन सुरु भएपछि मात्रै शेयर निष्कासन गर्न पाउने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जलविद्युत कम्पनीले बिजुली उत्पादन सुरु नगरीकन शेयर निष्कासन गर्न नपाउने गरी कानुनी व्यवस्था गर्ने तयारी सरकारले गरेको छ । आर्थिक सुधार सुझाव कार्ययोजना, २०८२ जारी गर्दै सरकारले सो जनाएको हो ।

‘जलविद्युत कम्पनीहरूलाई उत्पादन सुरु गरेपछि मात्र प्राथमिक शेयर निष्कासन गर्न सक्ने व्यवस्था गर्ने’, कार्ययोजनामा उल्लेख छ । कार्ययोजनामा आगामी दुई वर्षभित्रमा सो व्यवस्था लागू गरिसक्ने विषय पनि उल्लेख गरिएको छ ।

सरकारले स्वीकृत गरेर ल्याएको कार्ययोजनासँगै नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर जारी गर्न पाइपलाइनमा भएका ठूलो संख्याका जलविद्युत कम्पनी प्रभावित हुने देखिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ३ : ४० बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले