गृहमन्त्री लेखककै नाम जोडिन थालेपछि अध्यागमनबाट नौ नायब सुब्बासहित १४ कर्मचारीको सरूवा | Khabarhub Khabarhub

भिजिट भिसा सेटिङ

गृहमन्त्री लेखककै नाम जोडिन थालेपछि अध्यागमनबाट नौ नायब सुब्बासहित १४ कर्मचारीको सरूवा

अख्तियार पस्ने थाहा पाएपछि सहसचिव भट्टराईलाई तानिएको थियो मन्त्रालय


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भिजिट भिसामा जानेहरूबाट दैनिक ५० लाखदेखि एक करोड रूपैयाँसम्म उठाएको प्रकरणमा गृह मन्त्री रमेश लेखक र उनको सचिवालयका सदस्यहरू नै जोडिन थालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका १४ जना कर्मचारीको सरूवा गरिएको छ ।

गृहमन्त्रालयले विमानस्थल अध्यागमन कार्यालयबाट चारजना कम्प्युटर अपरेटर, नौजना नायब सुब्बा र एकजना सहायक कम्प्युटर अपरेटरको शुक्रबार सरूवा गरेको हो ।

भिजिट भिसामा जानेहरूबाट अवैध रकम असुलीसम्बन्धी ‘सेटिङ’मा संलग्न भएको गुनासो र उजुरीका आधारमा यो सरूवा गरिएको जिकिर गृहमन्त्रालयले गरेको छ ।

यसरी सरूवा हुनेमा नायब सुब्बा खुबराज श्रेष्ठलाई जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक पठाइएको छ । अर्का नासु दत्त लामालाई जिल्ला प्रशासन कार्यालय जाजरकोट सरुवा गरिएको छ ।

त्यसैगरि अर्का नासु गोविन्दप्रसाद अधिकारीलाई जिल्ला प्रशासन कार्यालय गोरखा पठाइएको छ । नासु तेजराज गौतमलाई जिल्ला प्रशासन कार्यालय बागलुङ सरूवा गरिएको छ । त्यसैगरी नासु सुवास केसीलाई रुकुम पश्चिम प्रशासन र कुवेरप्रसाद दाहाललाई जिल्ला प्रशासन कार्यालय धनकुटा सरुवा गरिएको खुलेको छ ।

त्यसैगरि प्रेमप्रसाद पौडेल र वीरभद्र जोशीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सरुवा गरिएको छ । उता नरबहादुर थापालाई जिल्ला प्रशासन कार्यालय बाँकेमा पठाइएको छ । उनीहरू पनि नायब सुब्बा हुन् ।

कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ र धनराज उपाध्याय तथा सहायक कम्प्युटर अपरेटर कमला श्रेष्ठको कारागार व्यवस्थापन विभागमा सरूवा गरिएको छ । उनीहरूलाई अब विभिन्न कारागार कार्यालयमा पठाइने छ ।

विमानस्थल अध्यागनका कर्मचारीले गृहमन्त्रीको सचिवालयका सदस्यसहितकव सेटिङमा भिजिट भिसामा खाडी राष्ट्र जानेसँग २० देखि ४० हजारसम्म प्रतिव्यक्ति असुल्ने गरेका खुलेको छ । त्यसका लागि उनीहरूले कोड भाषा प्रयोग गर्ने गर्थे ।

त्यसैगरी युरोपेली राष्ट्र जानेसँग २ देखि ३ लाखसम्म प्रतिव्यक्ति उठाउने गरेको खुलेको छ । अध्यागमन कार्यालयले सेटिङमा दैनिक ५० लाखसम्म उठाउने गरेको र उक्त रकम गृहमन्त्रीको सचिवालयका सदस्यहरूसम्म पुग्ने गरेको खुलेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा हानेको थियो ।

उक्त प्रकरणमा अख्तियारले गृहमन्त्रालयको नेतृत्वमाथि नै निगरानी गरेर अनुसन्धान अघि बढाइसकेको छ । अख्तियारले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख एवम् सचहसचिव तीर्थराज भट्टराईलाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । अख्तियारले छापा हान्ने सुँइको पाएपछि गृहमन्त्री लेखकले उनलाई मंगलबार मात्रै मन्त्रालय तानेका थिए । उनलाई बुधबार टंगाल लगेर उनले प्रयोग गर्ने मोबाइल फोनसहितका डिभाइसको अख्तियारले जाँच गरिरहेको छ ।

भट्टराई अख्तियारको नियन्त्रणमा परेर अख्तियारको अनुसन्धानमा तानिएसँगै गृहमन्त्री लेखकको पनि नाम जोडिएको छ । भट्टराईलाई गृहमन्त्री लेखकले रोजेर २०८१ असोज २३ गते विमानस्थल अध्यागमनमा पठाएका थिए ।

त्यसअघि विमानस्थल अध्यागनमा सुरेश पन्थी थिए । उनी २०८१ जेठ २४ गतेदेखि असोज २१ गतेसम्म विमानस्थल अध्यागमन रहे । चार महिना पनि काम गर्न नपाउँदै पन्थीलाई तानेर लेखकले सेटिङमै भट्टराईलाई पठाएको आरोप अहिले लागिरहेको छ ।

पन्थीले अध्यागमन सुधारको संकल्पसहित कार्यालयको नेतृत्व गरेका थिए । चार महिनाको कार्यकालमा उनले विभिन्न सुधारात्मक कदम पनि चालेका थिए । तर गृहमन्त्री लेखकले उनलाई चार महिनामै तानेपछि भट्टराईले भिजिट भिसाको सेटिङलाई संस्थागत नै गरेर अवैध रकम असुली थालेको बताइन्छ ।

अख्तियारले विमानस्थल अध्यागमनमा छापा मार्ने खबर पाएसँगै गृहमन्त्री लेखकले मंगलबार हतार-हतार ताने पनि अख्तियारको नियन्त्रणमा पर्नबाट जोगिएनन् । त्यसपछि १४ जना नायब सुब्बाहरूलाई गृहले सरुवा गरेको छ ।

उता भिजिट भिसामा सेटिङको आरोप लागेर अनुसन्धानमा तानिएका तत्कालीन अध्यागमन अधिकृत विमल पौडेललाई पनि गृहमन्त्री लेखकले आफ्नो सचिवालयमा राखेको खुलेको छ। दैनिक तीन सयजनालाई सेटिङ मिलाएर भिजिट भिसामा पठाएको आरोप उनीमाथि थियो । उनले दैनिक पाँच लाख रुपैयाँ उठाउने गरेको अनुसन्धानबाट खुलेको थियो । पछि उनले काठमाडौं जिल्ला अदालतबाट सफाइ पाए । मानव तस्करीको आरोप लागेका उनै पौडेल पनि लेखकको सचिवालयमा छन् ।

उता अधिकृत गणेशदत्त ओझा पनि विवादित कर्मचारी हुन् । कैलालीको मोहन्याल गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा नीतिगत निर्णय गरेर गैरकानुनी रूपमा ५४ लाख राजस्व छुट दिएको आरोप उनीमाथि थियो । उनलाई अख्तियारले मुद्दा नै चलायो । तर विशेष अदालतबाट सफाइ पाए ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ४ : ३७ बजे

किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरी नियन्त्रणमा

दार्चुला – महालेखापरीक्षकको कार्यालयअन्तर्गत लेखा परीक्षणका लागि सञ्चालन गरिएको नेपाल

जनयुद्धका सहिद तथा बेपत्ताजनका परिवारसँग प्रचण्डको भेटघाट

गण्डकी – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को मध्यपहाडी पुष्पलाल लोकमार्ग

आईपीएल : २३३ रनको लक्ष्य पछ्याउँदै आरसीबी

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत अहिले जारी खेलमा

तिनाउमा डुबेर बेपत्ता भएका भारतीय नागरिक मृत फेला

पाल्पा – पाल्पाको तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय नागरिक

सर्वोच्चले भन्यो : न्यायाधीशमाथि लाञ्छनापूर्ण र अशोभनीय टीका टिप्पणी नगर्नू

काठमाडौं – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि