अब डाक्टर इन्जिनियर समावेशी कोटामा पढ्न नपाइने « Khabarhub

अब डाक्टर इन्जिनियर समावेशी कोटामा पढ्न नपाइने


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समावेशी तथा आरक्षित कोटामा डाक्टर इन्जिनियर लगायत विशिष्टीकृत अध्ययन गर्ने व्यवस्था सरकारले हटाउने भएको छ ।

सरकारले आर्थिक सुधार कार्यान्वयन योजना, २०८२ स्वीकृत गर्दै विशिष्टीकृत सेवामा कोटा प्रणाली खारेज गर्ने कार्ययोजना अगाडि सारेको हो ।

‘विशिष्टीकृत सेवाहरू जस्तै डाक्टर, पाइलट, इन्जिनियर आदिमा कोटा प्रणालीले गर्दा उत्पादन ऋणात्मक बनेको हुँदा कोटा प्रणाली खारेज गर्ने’, सरकारको कार्ययोजनामा भनिएको छ ।

सो कार्ययोजना एक वर्षभित्र लागू भइसक्ने सरकारले जनाएको छ । सरकारले अगाडि सारेको कार्ययोजना कार्यान्वयन हुँदा विशिष्टीकृत शिक्षामा अब सबैले स्वतन्त्र प्रतिस्पर्धा गरेर मात्रै अध्ययन गर्न पाउने अवस्था सिर्जना हुने देखिएको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : १० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते