पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह | Khabarhub Khabarhub

पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन महासंघ अध्यक्ष ढकालको आग्रह


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र पर्यटन नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आज देखि काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टको उद्घाटनका अवसरमा बोल्दै उनले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाव दिए ।

मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रको रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालको लागि ब्रान्डको रूपमा विकास गर्नु पर्नेमा जोड दिए । ‘हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको संख्या ठूलो छ । उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन् । हामीले तिनीहरूलाई ल्याउनको लागि तदनुसार ब्रान्डिङ र प्याकेजहरू तयार गर्नु पर्छ ।’ उनले भने । 

उनले बौद्ध पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनी सहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरू सँग जोडेर बौद्ध सर्किट विकास गर्नु पर्ने बताए । 

अध्यक्ष ढकालले विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई कम्तीमा एक पटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोही अनुरूप पर्यटक आगमन बढाउन सकेमा नेपालको पर्यटनको सम्पूर्ण आयाम परिवर्तन गर्न सकिने धारणा राखे । 

अर्बौँको लागतमा गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसकेकोले विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न ठोस पहल गर्न सरकारसँग आग्रह गरे । 

‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमान स्थललाई हेरेर निजी क्षेत्रले ठूलो लगानी गरेको छ । तर, विमान स्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम बढेको छ । यो कुरा पोखरा विमान स्थलमा पनि लागू हुन्छ । यसप्रति सरकार संवेदनशील हुन आवश्यक छ ।’ उनले भने ।

बीआईटीएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको बसाई लम्ब्याउन र लुम्बिनीलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पनि मद्दत गर्ने धारणा राखे । 

‘लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरू प्रदान गर्नको लागि उपयुक्त छ । आजको द्रुत गतिको संसारमा, धेरै मानिसहरू शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन् । लुम्बिनीले स्वास्थ्य पर्यटनको लागि आदर्श शान्त वातावरण प्रदान गर्दछ । हामी विभिन्न प्रकारका कल्याण कार्यक्रमहरू विकास गर्न सक्छौं ।’ अध्यक्ष ढकालले भने ।

उनले नेपालको हवाई भाडा महँगो रहेको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो भएको बताउँदै यसमा समीक्षा गर्न आग्रह गरे । 

नेपाललाई विवाह, बैठक र सम्मेलन पर्यटनको लागि गन्तव्यको रूपमा विकास गर्न सकिने धारणा राख्दै उनले नेपालको सीमावर्ती क्षेत्रहरूमा लगभग १५ करोड भारतीयहरू मध्यम वर्गमा प्रवेश गरेको अवस्थामा भारतीय पर्यटकहरूले नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन सक्ने प्रावधानलाई परिमार्जन गर्न र अन्य देशहरूबाट आउने पर्यटकहरूले जस्तै नेपालमा मान्य हुने ५ हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गरिनु पर्ने सुझाव दिए । 

नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै, सरकार र निजी क्षेत्रले मिलेर यसबाट लाभ उठाउन सक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकोले लगानी गर्न आग्रह गरे  ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ५ : ४६ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा