गाजामा नरसंहारविरुद्ध बोलेपछि बेलायत, फ्रान्स र क्यानडामाथि खनियो इजरायल « Khabarhub

गाजामा नरसंहारविरुद्ध बोलेपछि बेलायत, फ्रान्स र क्यानडामाथि खनियो इजरायल


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले गाजा युद्धसम्बन्धी टिप्पणीलाई लिएर बेलायत, फ्रान्स र क्यानडाका नेताहरूमाथि आक्रोश पोखेका छन् ।

नेतन्याहुले यी तीन देशका नेताहरूका अभिव्यक्तिबाट उनीहरू हमासलाई सत्तामा राख्न चाहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘उनीहरू (बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन् र क्यानडाका प्रधानमन्त्री मार्क कार्नी) हत्यारा, बलात्कारी, बालहत्यारा र अपहरणकारीहरूको साथ दिइरहेका छन्’, उनले भनेका छन् ।

केही दिनअघि बेलायत, फ्रान्स र क्यानडाले गाजामा इजरायलद्वारा भइरहेको आक्रमणलाई ‘अत्यधिक’ निन्दा गरेका थिए। ती देशहरूले गाजाको मानवीय स्थितिलाई ‘असहनीय’ भनेर इजरायलको चर्को आलोचना गरेका थिए ।

यी तीनै मुलुकहरू १९ महिनाअघि हमासद्वारा इजरायलमा गरिएको घातक आक्रमणपश्चात् इजरायलको पक्षमै उभिएका थिए।

इजरायल र गाजाबीचको यो संघर्ष सन् २०२३ को अक्टोबर ७ देखि जारी छ । त्यसयता गाजामा कम्तीमा ५३ हजार मानिसको मृत्यु भइसकेको छ । इजरालयले १५ हजार बालकालिकाकै ज्यान लिइसकेको छ ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : १५ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट