नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान « Khabarhub

नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान


९ जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल-बेलायत संसदीय मैत्री समूहको बैठक आह्वान गरिएको छ । 

समूहका संयोजक एवं रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले १२ जेठ सोमबार दिनको २ बजे  अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति हलमा बस्ने गरी बैठक बोलाएका हुन् । 

नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउन तथा दुई देशका सांसदहरूबीच आपसी समन्वय र सहयोग विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको संयोजक श्रेष्ठले बताए ।

मैत्री समूहमा विमलेन्द्र निधि, सुशीला थिङ, भगवती न्यौपाने, सुहाङ नेम्वाङ, माधव सापकोटा, पशुपति शम्शेर जबरा र सीके राउत सदस्य छन् ।

प्रकाशित मिति : ९ जेठ २०८२, शुक्रबार  ७ : १७ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।