स्टार कलाकारको भीड रहेको फिल्म ’वेल्कम टू जङ्गल’को छायाङ्कनमा कठिनाइ « Khabarhub

स्टार कलाकारको भीड रहेको फिल्म ’वेल्कम टू जङ्गल’को छायाङ्कनमा कठिनाइ


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक अहमद खानलाई फिल्म ‘वेल्कम टू जङ्गल’को छायाङ्कन पूरा गर्न कठिन भएको छ ।

सन् २०२३ मै छायाङ्कनमा सुरु भए पनि अहिलेसम्म यसको खिच्ने काम पूरा भएको छैन । ७० प्रतिशत मात्रै छायाङ्कन भएको बुझिएको छ ।

अहिलेको अवस्थामा यो फिल्मको छायाङ्कन बन्द छ । आर्थिक समस्यामा परेपछि यो फिल्मको छायाङ्कन रोकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

निर्माण पक्षले दुई वर्षसम्म छायाङ्कन नसकिनुको कारण कलाकारहरुको समय नमिलेको बताएको छ ।

यस फिल्ममा नायक अक्षय कुमार, सञ्जय दत्त, सुनील शेट्टी, अरशद वारसी, परेश रावल शीर्ष भूमिकामा रहेको बताइएको छ ।

नायिकाहरुमा रवीना टन्डन, लारा दत्ता, ज्याकलिन फर्नान्डिज र दिशा पाटानी रहेका छन् ।

उनीहरुसहित जोनि लिवर, राजपाल यादव, तुषार कपूर, श्रेयस तलपडे, कृष्णा अभिषेक र कीकु शारदालगायतका स्टार कलाकारको अभिनय रहेने बताइएको छ ।

यस फिल्ममा १६ जनाभन्दा बढी स्टार कलाकारको अभिनय रहने निर्माण पक्षको दाबी छ ।

यो फिल्मको छायाङ्कन पूरा नहुनुको कारण आर्थिक संकट नै प्रमुख रहेको भारतीय मिडियाहरुको दाबी छ।

तर, निर्माण पक्षले छायाङ्कन रोकिनुको कारण राजनीति विषय रहेको बताएको छ । बाँकी ३० प्रतिशत छायाङ्कन कश्मिरमा गर्ने तालिका रहेको र त्यहाँको अवस्था अहिले सामान्य नरहेकाले काम अगाडि बढ्न नसकेको निर्माण पक्षको दाबी छ ।

अर्थात् निर्माण पक्षले छायाङ्कन प्रभावित हुनुको कारण ‘पहलगाम आतङ्कवादी हमला’ देखाएको छ ।

अब भने निर्माण पक्ष छायाङ्कन निस्कने तयारीमा रहेको खबर भारतीय मिडिया इन्डिया टुडेले लेखेको छ ।

कश्मिरमा हुने भनिएको छायाङ्कनका लागि निर्माण पक्षले वैकल्पिक स्थान हिमाचल फाइनल गरेकाले काम अगाडि बढ्ने खबर बाहिरिएको हो ।

निर्देशक अहमद खानको दाबीले पनि यो फिल्मको छायाङ्कन फेरि सुरु हुने संकेत गर्छ । उनले आर्थिक कारणले फिल्मको छायाङ्कन प्रभावित नभएको दाबी गरे ।

उनले भने, ‘फिल्मको छायाङ्कन रोकिनुको कारण सुरक्षा र मौसम हो । अर्को कारण कलाकारको समय व्यस्थापन हो । आर्थिक कारणले फिल्म रोकिएको होइन ।’

निर्देशकको दाबी यस्तो भए पनि छायाङ्कन फेरि सुरु हुनेबारे उनले कुनै जानकारी दिएका छैनन् ।

’वेल्कम टू जङ्गल’ फिल्म ‘वेल्कम’को सिक्वेल हो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : १० बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग