इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर « Khabarhub

इरान आक्रमणमा अपेक्षाकृत सफलता पाएको अमेरिकी ठहर


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकाले इरानको आणविक केन्द्रमा गरेको आक्रमणले अपेक्षाकृत सफलता पाएको ठहर गरेको छ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै रक्षा मन्त्री पिटर हेगसेथले यसको पूर्ण असर थाहा पाउन अझ बाँकी नै रहेको भए पनि अपेक्षाकृत सफलता पाएको बताए।

सेनाका अधिकारी इरानसँग आणविक हतियारको क्षमता छ या छैन भन्ने अहिले नै यकिन गर्न कठिन भएको बताउँछन्।

राष्ट्रपति ट्रम्प र रक्षा मन्त्री हेगसेथले तेहरानको आणविक हतियारको लक्ष्यमा नै पूर्ण विराम लागेको बताएका छन्।

इजरायलका राष्ट्रपति आयज्याक हेरगोजले आफूले यो कुराको पूर्ण रूपमा अन्त्य भएको यकिन गर्न नसकेको बताएका छन्। तथापि उनले इजरायल र अमेरिकाले गरेको आक्रमण एकदमै कडा भएको समेत बताए।

अमेरिकी अधिकारीका अनुसार ‘अपरेसन मिडनाइट ह्यामर’ नाम दिइएको सो आक्रमणमा फोरडोह र नातान्जमा एक दर्जन भन्दा बढी बङ्कर ब्लस्टर बम प्रहार गरिएको थियो। इस्फाहानमा भने टोमाह्वाक प्रहार गरिएको थियो।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : ३८ बजे

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा

प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

ब्राजिलको राष्ट्रपतिमा लुला डा सिल्भा चौथो कार्यकालका लागि निर्वाचित

काठमाडौँ– ब्राजिलको राष्ट्रपतिमा वामपन्थी नेता लुइज इनासियो लुला डा सिल्भा

स्पेनिस ला लिगा : रियल मड्रिडसँग बार्सिलोना पराजित

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ