रोचक बन्दै भारत र इङ्गल्यान्डको टेस्ट: बुमराहले लिए पाँच विकेट « Khabarhub

रोचक बन्दै भारत र इङ्गल्यान्डको टेस्ट: बुमराहले लिए पाँच विकेट


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

लिड्स – भारत र इङ्गल्यान्ड बीचको पहिलो टेस्ट बराबरीतर्फ उन्मुख भएको छ। लिड्समा जारी टेस्टको तेस्रो दिनको खेल सकिँदा भारतले दोस्रो पारीमा २ विकेट गुमाएर ९० रन जोडेको छ। यसले यो टेस्ट रोचक बन्ने देखिएको छ। भारतको आक्रामक ब्याटिङविरुद्ध इङ्गल्यान्डले समेत गतिलो जवाफ दिएपछि खेल रोचक बनेको हो।

भारतका लागि के एल राहुल ४७ तथा कप्तान शुभमन गिल ६ रनमा खेलिहेका छन्। यसअघि भारतले पहिलो पारीमा ४७१ रन बनाएको थियो भने इङ्गल्यान्डले ४६१ रन जोडेको थियो।

इङ्गल्यान्डका ओलिप पोपले १०६ रन जोडे भने हेरी ब्रुक ९९ रनमा आउट भए। यसैगरी जेम स्मिथले ४० रन जोडे। भारतका लागि जसप्रित बुमराहले ५ विकेट लिए। यसैगरी प्रसिद्ध कृष्णले २ विकेट लिए।

यसअघि भारतले ४७१ रन जोडेको थियो। भारतीय पारीमा तीन ब्याट्सम्यानले शतक प्रहार गरेका थिए। कप्तान शुभमन गिलले सर्वाधिक १४७ रन प्रहार गरे। ऋषभ पन्तले १३४ तथा यसस्वी जयसवालले १०१ रन जोडेका हुन्। भारतको तीन र इङ्गल्यान्डको एक गरेर चार वटा शतक प्रहार भएका हुन्।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ०६ बजे

हाम्रो जस्तो देशमा धेरै पार्टी आवश्यक छैन : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हाम्रो जस्तो देशमा धेरै

गगनलाई रेशमको प्रश्न- गणतन्त्रसँग धर्म किन साटियो ?

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशम चौधरीले गगन थापालाई

हिजो कपाल फुलेकाले देश बिगारे, आज कपाल काला भएकाले पनि बनाउँछन् भन्ने छनक छैन : रेशम चौधरी

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका

दशौँ राष्ट्रिय खेलकुद सर्दैन, तोकिएकै समयमा हुन्छ : शिक्षामन्त्री सस्मित पोखरेल

कर्णाली – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद

कांग्रेस महाधिवेशनमा भाजपा, चिनियाँ कम्युनिस्ट पार्टीसहित कुन देशका पार्टीले दिए शुभकामना ?

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका अवसरमा विभिन्न देशका