दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण | Khabarhub Khabarhub

दुर्गम क्षेत्र खोक्सिकमा स्वास्थ्यचौकी भवन निर्माण


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

भोजपुर– दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन निर्माण थालिएको छ । सहकारीको घरबाट स्वास्थ्यचौकी चलाउन असहजता भएसँगै यहाँ पक्की भवन निर्माण थालिएको हो ।

आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण गरिएपछि उत्साह बढेको स्थानीयवासी सूर्य राईले बताए । पक्की भवन बनेपछि सहज रूपमा सेवा पाउनेमा आशावादी रहेको उनको भनाइ छ ।

स्वास्थ्यचौकी नहुँदा विगतमा सामन्य सेवा लिनका लागि दुईदेखि तीन घण्टा लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

रामप्रसादराई गाउँपालिका– ८ खोक्सिक भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । देशमा सङ्घीयता आएपछि यहाँ स्वास्थ्यचौकी स्थापना गरिएको छ । तर स्वास्थ्यचौकीको भवन नहुँदा सेवा प्रवाहमा समस्या रहँदै आएको थियो । वडाको पहलमा यहाँ प्रदेश सरकारबाट प्राप्त २५ लाख बजेटमा चारकोठे पक्की भवन निर्माण भइरहेको वडाध्यक्ष बाचकुमार राईले जानकारी दिए ।

भवन निर्माणको काम अन्तिम चरणमा छ । विगतमा यहाँ स्वास्थ्यचौकी नहुँदा धेरै समस्या भएकाले आफूले वडाको जिम्मेवारी लिएपछि स्वास्थ्यचौकी सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

दक्षिणी क्षेत्रमा पर्ने यो ठाउँ भोजपुर सदरमुकामबाट ५० किलोमिटर दूरीमा पर्छ । कच्ची सडक रहेकाले यहाँका नागरिकलाई सदरमुकामसम्म स्वास्थ्य सेवा लिन आउन निकै समस्या छ । यहाँ नै स्वास्थ्यचौकीको आफ्नै भवन निर्माणपछि सेवा लिन सहजता हुने स्थानीयको भनाइ छ । (रासस)

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ११ : ५८ बजे

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा

आकर्षक गन्तव्य बन्दै आमपानी झरना

कैलाली– आमपानी झरना कैलालीको लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर

मनसुनी वायुको प्रभावले केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल